लायन्स क्लब दाङ क्यापिटल द्वारा शैक्षिक सामग्री वितरण

वर्ष 24/25 को अध्यक्षमा भिम वलि


लायन्स क्लव अफ दाङ क्यापिटलले एक कार्यक्रमका बिच शैक्षिक सामग्री बितरण गरेकाे छ । ज्ञान ज्योति आधारभूत विद्यालय तुल्सीपुर ५ दाङका बिधार्थिहरुलाइ साेमबार एक कार्यक्रमका बिच शैक्षिक सामग्री बितरण गरेको हाे । सामाजिक कार्य मा निरन्तरता दिदै आएकाे क्लवले कार्यकालकाे अन्त्यमा पनि सामाजिक कामलाई निरन्तरता दिदै जाने उदेश्यका शैक्षिक सामग्री वितरण कार्यक्रमलाई जाेडेकाे जनाएको छ ।

साे अवसरमा वर्ष 24/25 को लागी पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ दाङ क्यापिटलले एक औपचारिक कार्यक्रमका बीच बर्ष 24/25 को लागी पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

वर्ष 24/25 को लागी अध्यक्षमा भिम वलि, प्रथम उपाध्यक्षमा अजित खनाल , द्वितिय उपाध्यक्ष डम्बर के सि, सचीव प्रकाश भुशाल, कोषाध्यक्षमा दिपकराज खड्का रहनु भएको छ । यस्तै सदस्यमा सुरेन्द्र बोहरा, कमल जलन के सि, खेमराज वलि, हरि राना मगर चयन भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि PMJF बिनोद कुमार श्रेष्ठले लायन्स क्लव अफ दाङ क्यापिटलले धेरै उदाहरणीय काम गर्दै आइरहेको भन्दै निस्वार्थ भावनाका साथ स्थापना भएको यो क्लब सामाजिक बन्नुपर्ने बताउनुभयो ।

उहाँले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समाजमा सकारात्मक प्रभाव छर्न सक्ने टिमको रुपमा स्थापित हुन आग्रह गर्नुभयाे।

कार्यक्रममा वर्ष 23/24 का अध्यक्ष दिपक केसीले आफ्नाे कार्यकालमा भए गरेका कामको विवरण प्रश्तुत गर्नु भएको थियाे। आफु लाई लायन्स क्लव अफ दाङ क्यापिटलले बर्ष 23/24 को अध्यक्षको रुपमा स्थापित गर्दा आफूले सकेजतिको निस्वार्थ भावनामा सामाजिक कार्यलाई प्राथमिक्ता दिई काम गर्न सफल भएको बताउनुभयाे । आफनाे कार्यकाल अवधिमा लायन्स क्लब अफ दाङ क्यापिटलले सक्रिय समूह पाएको कारण आफूलाई काम गर्न सहज भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले निर्वाचित टिमलाई बधाई दिँदै आफू संधै क्लव सँगै रहने बताउनुभयाे ।

कार्यक्रममा विशिष्ट अतिथि तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह , बिद्यालयका प्र. अ. मेघराज घिमिरे , समाजसेवी पदम पोखरेल (जेठु-कान्छू) लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियाे ।

बर्ष 24/25 का प्रथम उपाध्यक्ष अजित खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बर्ष 24/25 का सचीव प्रकाश भुसालले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्