विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा…’ बोलको गीतमा उनको एकल स्वर छ।
‘पुतलीको भट्टी’ भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।
सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।
विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन्। भ्युजका हिसाबले ‘चरी जेलैमा’ उनको सबभन्दा चर्चित तीज गीत हो।
भिडियाे
प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार