तुलसिपुरमा जारी अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता

आज अरनिको माबी रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा


Open photo

लक्ष्मण बस्नेत

दाङको तुलसिपुरमा जारी अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ मा अरनिको माबी नुवागाउ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा प्रवेश गरेको छन् ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज बुधवार सम्पन्न प्रीक्वाटर फाईनल खेलमा राप्ती बबई क्याम्पस तुलसिपुर लाई २५-१६,२५-२१ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै अरनिको माबी नुवागाउ रोल्पाले क्वाटर फाईनल यात्रा तय गरेको हो । त्यस्तै दोस्रो प्रीक्वाटर फाईनल खेलमा आरती टेक्निकल कलेज सल्यान लाई २५-१५, २५-१५ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमले क्वाटर फाईनल यात्रा सुरक्षीत गरेको हो ।

यसैबिच प्रतियोगिता अन्तरगत बिहिवार बिहान क्वाटर फाईनल प्रवेशका लागि हुन खेलमा शिदेश्वरी माबी रुपन्देही र महेन्द्र रत्न माबी पिपलनेटा सल्यान भिड्नेछन् । त्यस्तै दोस्रो प्रीक्वारमा न्यु होराईजन माबी रुपन्देही र गोरखा माबी तुलसिपुर (रातो) बिच खेल भिड्न्त हुने आयोजक राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनु भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिनु भएको छ । प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्