बिजाैरी बजारलाई चलाएमान बनाउनुपर्ने : मन्त्री न्याेपाने



लुम्बिनी प्रदेशका उद्योग,पर्यटन,यातायात तथा श्रम मन्त्री माननीय प्रचण्ड बिक्रम न्यौपानेले बिजाैरी बजारलाई चलायमान र फराकिलो बनाउनुपर्ने बताउनु भएको छ । घाेराहि – तुलसीपुर बजार एउटै अवस्थामा पुगेकाे भन्ने सुन्नमा आएपनि बिजाैरी बजारलाई अझ बढि फराकिलो बनाउन र यहाँको अवस्था सुधार्न , धेरै भन्दा धेरै मानिस ल्याउन परिकल्पना गरे अनुरुप ग्वार खाेला रानिबास हुदै हाेलेरी सडक सधैं भरी चल्ने बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयाे -“तुलसीपुर १९ वडामा रहेकाे छिल्लिकाेटमा बर्सेनि याेजना पर्ने गरेकाे छ । सम्भावना खाेजेपनि बर्षातमा पर्यटक भित्रिन नसक्ने अवस्था छ । गर्नुपर्ने धेरै छ , त्यसका लागि प्रचार प्रसार गर्न जरुरी छ । विकासको माेडेल परिवर्तन गर्न जरुरी छ । संघ, प्रदेश र स्थानिय बिच समन्वयमा कमि छ । यसले गर्दा विकासले गति लिन सकेकाे छैन ।”

उधाैग क्षेत्रकाे विधेयक संशोधन भइसकेकाे र अब राजपत्रमा आउन बाकि रहेको भन्दै अब स्थानिय तह, प्रदेश र संघले उत्पादन मुलक ब्यवसाय भनेर लगानी गर्नुपर्ने भन्दै उत्पादन मुलक कार्यमा उत्पादनका आधारमा लगानी गर्न प्राेत्साहन दिनुपर्ने र लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनीमा उद्योगहरु दर्ता हुने भन्दा खारेजी गर्ने संख्या बढीरहेको बताउनुभयाे । शनिवार बिजौरी उद्योग बाणिज्य संघको ११ औं साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले लुम्बिनीमा धमाधम उद्योगहरु बन्द हुने क्रम बढेको भन्दै उद्योग तर्फ वर्षेनी मानिसहरुको आकर्षण घट्दै गएको बताउनुभयाे ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले राज्यले ब्यबसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयाे । उहाले पलायन हुन लागेका उद्योगलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामा राज्य गम्भिर हुनुपर्नेमा जोड दिनुभयाे ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधब वलिले स्थानीय सरकार उद्योगी,व्यवसायीहरुसगंसगै रहेको र पालिकाले ब्यबसायीबाट उठाएको करको केही प्रतिशत रकम यहाँको विकासका लागि छुट्टाउने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

त्यस्तै दाङ उद्योग बाणिज्य सघका महासचिव महेन्द्र बुढाथोकीले आर्थिक सकंटको विषम परिस्थितिमा ब्यबसायी गुज्रिरहेको र अझै पनि ब्यबसायीले राज्यलाई कर तिरेर बचाउनु पर्ने अबस्था रहेको बताउनुभयाे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष प्रेमनाथ योगी,तुलसीपुर उद्योग बाणिज्य सघका कार्यबाहक अध्यक्ष देब बहादु केसी, नेपाल पत्रकार महासघ दाङकी सहसचिब दिप्तिशिखा चौधरी , बिजौरी उद्योग वाणिज्य सघंका निबर्तमान अध्यक्ष कमान सिङ खडका,राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम कुमार रेग्मी, बिजौरी उद्योग वाणिज्य सघंका सस्थापक उपाध्यक्ष पुस्पा कुमारी डाँगी,पुर्ब महासचिव बिरेन्द्र खडका,नारायणपुर उद्योग बाणिज्य सघका अध्यक्ष अनिल बस्नेत,नेपाली कांग्रेस तुलसीपुर १९– का सभापति पदम वलि ,नेकपा एमाले तुलसीपुर –१८ का अध्यक्ष मुकेश वलि,राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर –१८ का अध्यक्ष कमल डाँगी, माओवादी केन्द्र तुलसीपुर १८ अध्यक्ष लोक बहादुर बहकरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतमा भएको कार्यक्रममा महासचिब दीपक कुमार बस्नेतले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे भने कोषाध्यक्ष कर्ण बहादुर वलिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे ।

सघंका वाणिज्य उपाध्यक्ष डिल्ली खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गर्नु भएको थियाे । कार्यक्रममा उद्योग उपाध्यक्ष चित्रा बहादुर खडकाले धन्यवाद ज्ञापन गर्नु भएको थियाे ।

साथै कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो भने संस्थालाई सहयोग गर्ने बिभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्