अनेरास्ववीयु दाङ को २४ औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा प्रदिप बस्नेत




अनेरास्ववीयु दाङ जिल्लाको २४ औँ जिल्ला अधिवेशन बिहीवार तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनले प्रदिप बस्नेतको अध्यक्षतामा सर्वसम्मत रुपमा ५१ सदस्यीय नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र पुलामी, दिपक पाण्डे, सचिवमा सबीन पोख्रेल, सह सचिवमा शारदा आचार्य, सम्झना चौधरी, नेशनल चौधरी, नवराज जोशि र कोषाध्यक्षमा राजु वि.क रहनु भएको छ ।

अनेरास्ववीयु जिल्ला संयोजक गणेश खड्काको अध्यक्षता एंव अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडालको प्राुख आतीथ्यता तथा अनेरास्ववीयु केन्द्रिय उपाध्यक्ष नारायण घर्तीको बिशीष्ट आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले नँया उर्जा र जोशका साथ विधार्थीहरुको हकहितमा रहेर काम गर्नुपर्ने बताएका थिए । कमिटि गठन मात्र नभई युवाहरुको भविष्य निर्माणको आधार भएको भन्दै विधार्थी शक्तिलाई देशको राजनीतीक, सामाजीक र आर्थीक रुपमा मुख्य आधारको रुपमा नेतृत्व गर्न सक्नुपर्ने बताएका थिए । मुलुकको नेतृत्व गर्ने भनेकै विधार्थी शक्ति भएकोले सक्षम नेतृत्व स्थापित गर्न अनुशासीत र प्रतीवद्ध भएर लाग्न सुझाव दिएका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष शिव कुमार आचार्य, प्रदेश सचिवालय सदस्य हुकुम बस्नेत, जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकि, जिल्ला सचिव श्याम डांगी, घोराहि उपमहानगरपालीका प्रमुख नरुलाल चौधरी, विवेक श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा अनेरास्ववीयुका पुर्व जिल्ला अध्यक्षरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्