ईन्टर कलेज फुटबलको उपाधी कम्प्युटर साईन्स टुबेल लाई




लक्ष्मण बस्नेत

ज्ञान ज्योती दोश्रो ईन्टर कलेज फुटबल प्रतियोगिता २०८२ को ज्ञान ज्योती साईन्स १२ ले जितेको छ ।

ज्ञान ज्योती फाउन्डेसन तुलसिपुर दाङको आयोजनामा फाउन्डेसन खेल मैदान गोलौरामा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती अन्डर टेन लाई ४-२ गोल ले पराजित गर्दै कम्प्युटर साईन्स टुबेल ले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद २० हजार,कप मेडल, प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको अन्डर टेन उपबिजेतामा सिमित रहदै नगद १० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । कडा प्रतिस्पर्धात्मक खेलमा कम्प्युटर साईन्सका गगन, खड्काले २ गोल गरे ।

त्यस्तै किरण थापा र सुवास बुढाले १/१ गोल गरे । उता अन्डर टेनका अनिल परियार र युबराज घर्तिले १/१ गोल गरे ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी अन्डर टेनका सरगम थापा, हाई स्कोरर कम्प्युटर साईन्सका गगन खड्का, बेष्ट किप्पर कम्प्युटर साईन्सकै जीवन नेपाली भएको ज्ञान ज्योती फाउन्डेसनका खेल प्रशिक्षक प्रीती बहादुर गिरि प्रेस ले जानकारी दिनु भएको छ ।

ज्ञान ज्योती फाउन्डेसनका सिईओ सुरेन्द्र जिसिको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको प्रमुख आतिथ्य एवं दाङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष ऋषिराज लहरेको विशिष्ट आतिथ्यमा भएको प्रतियोगिताको समापन समारोहमा बिजेता,उपबिजेता टिम तथा खेलाडिहरु लाई पुरस्कार कप मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा दाङ जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सुशील श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ,मन्जित बाठा,प्रेस युनिएन दाङका अध्यक्ष नारायण खड्का, लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्तोष वलि,ज्ञान ज्योती कलेजका एकेडेमी कोर्डिनेटर सरद गौतम,आदर्श एकेडेमिका प्रीन्सिपल वसन्त टन्डन,सुरज वलि लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण ज्ञान ज्योतिका सन्तोष केसिले गर्नु भएको थियो ।

पाँच दिन सम्म संचालित प्रतियोगितामा फाउन्डेसन भित्र रहेका ३ कलेजका विभिन्न संकायका १३ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्