तुलसीपुरले क्षयरोग मुक्त अभियान सुरु गर्याे



दाङको तुलसीपुरमा क्षयरोग मुक्त अभियान सुरु भएको छ । शुक्रबार नगरप्रमुख टिकाराम खड्काले एक कार्यक्रमकाबिच सो अभियानको शुभारम्भ गर्नुभएको हो ।

सन् २०३५ सम्म नेपालमा १ लाख जना बराबर १० प्रतिशतमा झार्ने सरकारको लक्ष्य अनुसार तुलसीपुरमा यो अभियानको सुरुवात गरिएको नगरप्रमुख खड्काले बताउनुभएको छ । सो अवसरमा स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले सहयोगी दातृ निकायबाट आर्थीक र प्राविधिक सहयोग भएकाले क्षेयरोग नियन्त्रण गर्न सकिने बताउनुभयो ।

विशेषगरी १५ देखी ४९ बर्ष उमेर सहमुका नागरिकलाई क्षयरोगको संक्रमण देखिने गरेको छ । तुलसीपुरमा ४ सय ३८ जना क्षयरोगका विरामी रहेपनि १ सय ७३ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।

 

सरकारले क्षयरोगका विरामीलाई निशुल्क रुपमा उपचार गर्दै आएको छ । नियमित रुपमा नछुटाएर औषधी सेवन गरेमा क्षयरोग निको हुने डाक्टरको भनाई छ ।

सो अवसरमा बोल्दै तुलसीपुर–८ का वडाअध्यक्ष धर्मराज वलीले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अलपत्र परेको भन्दै यसमा स्वास्थ्य महाशाखाको ध्यान जान आवश्यक रहेको बताउनुभयाे  ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्