नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पाँच दलिय गठबन्धनले जनताकाे हितका लागि काम गर्न नसकेर ढलेकाे बताउनुभएको छ । कम्युनिष्टका नेता प्रधानमन्त्री भएपनि कांग्रेसले नियन्त्रणमा लिन खाेज्दा तत्कालीन गठबन्धनले देश बनाउन भन्दा पनि भत्काउन तर्फ लागेकोले ढल्नुपर्ने अवस्था आइलागेकाे बताउनुभयाे । कम्युनिस्ट लाई प्रधानमन्त्री बनाएर काङ्ग्रेसले सरकार चलाउन खाेजेपछि माओबादि र काङ्ग्रेसको गठबन्धन टिक्न नसकेको बताउनुभयो । प्रेस चाैतारी नेपाल दाङले आज तुलसीपुर मन आयाेजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले यस्तो बताउनु भएको हाे ।
उहाले देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने अवस्थामा एउटै उद्देश्य, लक्ष्य बोकेका कम्युनिष्ट मिल्नु नै देशको हितमा भएको दाबी गर्नुभयो । ‘विगतमा के के भयो त्यतातिर नजाऊँ । तर पछिल्लो समय नेताहरूको बुद्धि फि¥यो । लक्ष्य र उद्देश्य एउटै हो भने किन फरक फरक पसल थाप्ने भन्ने कम्युनिष्ट नेताहरूमा चेत आयो र वर्तमान गठनबन्धन बनेको हो । कुनै अन्तराष्ट्रिय शक्तिका कारण ढलेको होइन ।’ ज्ञवालीले भन्नुभयो ।
उहाँले अब दुई कम्युनिस्टको गठबन्धन ८४ सालकाे चुनाव सफल बनाउने र समृद्ध नेपाल सुखि नेपाली बनाउन तर्फ लाग्ने बताउनुभयो । जनताहरु देश बनाउने नेता नराेज्दा सम्म देशकाे समृद्धि हुन नसक्ने दावी गर्नुभयाे ।
प्रेस चाैतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । उपाध्यक्ष दिप्तिशिखा चाैधरीकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे शहरीकरण सचिव किरण गाैतमले गर्नु भएको थियाे ।