नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य एंव कार्यक्रमका प्रमुख अतीथी ढुण्डीराज लामीछानेले नेकपा एमालेका हरेक कार्यकर्ता आफुलाई सामाजीक अभिन्ताका रुपमा चिनाउँनुपर्ने बताउँनुभएको छ । जनतामा प्रभाव पार्ने खालका काम गरि पार्टि तर्फ जनआकर्षण हुने किसीमले काम गर्नुपर्ने बताउँनुभयो । नेकपा एमाले सामाजीक विभाग जिल्ला कमिटि दाङको आयोजनामा आज तुलसीपुरमा सम्पन्न भएको सामाजीक सवाल र सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथी लामीछानेले यस्तो बताउँनुभएको हो । उहाँले सहकार्यका साथ पार्टिलाई बलीयो बनाउँन र जनउत्तरदायी तरीकाले काम गर्न सकारात्मक सोचको विकास हुन जरुरी रहेको बताउँनुभयो । उहाँले भन्नुभयो –“हामी एक अर्कालाई गिराउँने पछार्ने काम ग¥यो भने सफल बन्न सक्दैनौँ । यसकारणले पनि जनताको माझमा योजनाका साथ जानुपर्छ । अनी मात्र पार्टि र ब्यक्ति सफल हुन्छ । ”
कार्यक्रममा विशीष्ट अतीथी नेकपा एमाले जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतले दाङका दश वटै पालीकाहरुमा सामाजीक सेवा गरी सामाजीक क्षेत्रमा देखिएका समस्यालाई दायीत्व सम्झेर निर्वाह गर्नुपर्ने बताउँनुभयो । अवका दिनमा सामाजीक संघ सस्ंथासंग समन्वय गरेर जनतामुखी अन्र्तक्रिया गर्नुपर्ने बताउँनुभयो । दाङ जील्लामा भएका सम्पुर्ण इकाईलाई जोडेर योजनावद्ध तरीकाले अगाडि बढ्नुपर्ने बताउँनुभयो ।
यस्तै नेकपा एमाले केन्द्रिय सदस्य हिराचन्द्र के.सी.ले जनता र पार्टिको हितका लागि हरेक तह र तप्कासंगको सहकार्य हुन जरुरी रहेको बताउँनुभयो । उँहाले मानीस आफु सक्षम भए मात्र समाजलाई सहि दिशा तर्फ डो¥याउँन सक्ने बताउँनुभयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले समाज परिवर्तन गर्नका लागि हरेक ब्यक्तिमा सकारात्मक सोच हुन जरुरी रहेको बताएका थिए । समाजमा हुने हरेक परिवर्तनशिल कामलाई कर्तब्य सम्झेर अगाडि बढ्नुपर्ने उनीहरुको भनाई थियो ।
सो अवसरमा केन्द्रिय लेखा समिती सदस्य सावीत्रा वि.क, जिल्ला सदस्य मेघराज भुसाल, श्याम डांगी,जिष्णु के.सी.,डिल्ली डांगी, तुलसीपुर नगर कमिटीका माधव वली, रुपबहादुर खत्री लाएतले आ–आफनो धारणा राखेका थिए ।
कार्यक्रममा प्रशीक्षक डा.राम बहादुर रावतले आफु र समाज परिवर्तनका लागि चाहिने विशेषता अन्र्तगत सामाजीक सेवा विभागको काम र कर्तब्य, मार्गदर्शक सिद्धान्त जबज र विशेषता, जिवन बदल्ने सुत्र, सकारात्मक सोचका विषयमा जानकारी गराउँनुभएको थियो ।
सो अवसरमा संचारकर्मी एंव सामाजीक अभियान्ता तुफान बाबु श्रेष्ठले आफुद्धारा लीखीत पुस्तक जिन्दगी बदल्ने एक सय एक सोच नामक पुस्तक कार्यक्रमका प्रशिक्षक सामाजीक सेवा विभाग लुम्बीनी प्रदेशका प्रमुख डा.राम बहादुर रावतलाई उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।
सामाजीक सेवा विभाग दाङका अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । विभागका सदस्य छवी खरालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण विभागका सदस्य सचिव खेमराज विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनीधि, विभीन्न संघसस्ंथाा जोडिएर सामाजीक दायीत्व निर्वाह गरिरहेका प्रमुखहरुको सहभागिता रहेको थियो ।
यसैबिच, नेकपा एमाले सामाजीक विभाग जिल्ला कमिटि दाङको पहिलो बैठक आज बसेको छ । सामाजीक सेवा विभाग दाङका अध्यक्ष नवराज लामीछानेको अध्यक्षता एंव नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य ढुण्डीराज लामीछानेको प्रमुख आतीथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले सामाजीक सेवा विभागलाई ब्यवस्थीत बनाउँने,संजाल निर्माण गर्ने, अभिमुखीकरण कार्यक्रम संचालन सम्बन्धमा छलफल गरेको छ ।
बैठकले सामाजीक सेवा विभाग जिल्ला कमिटि दाङ शाखाको नियमित माशिक बैठक बस्ने, विभागलाई चलायमान, प्रभावकारी, चुस्तदुरुस्त रुपमा समुदाय र पालीका स्तरमा परिचालीत हुनकालागि तुलसस्पुर उपमहानगरपालीका बाट काम अगाडि बढाउँने , अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने लगाएतका निर्णय गरेको छ ।