डिभाइन टेम्पल एकेडेमीको १६ औँ वार्षिकोत्सव भब्य कार्यक्रम गरि सम्पन्न



तुलसीपुर–६ गौलौरामा रहेको डिभाइन टेम्पल एकेडेमीको १६ औँ वार्षिकोत्सव एक भब्य कार्यक्रम गरि मनाएकाे छ ।

डिभाइन टेम्पलका सिइओ भोजराज न्यौपानको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि चाैधरीले निजि विद्यालयले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै दक्ष जनशक्ति नेपालमै बसेपछि मात्रै देश समृद्धिको मार्गमा अघि बढ्ने बताउनुभयो । उहाँले नेपालमै स्वरोजगार बनेर पनि छोराछोरी पढाउन सकिने भएकाले आवश्यक सिप सिक्नका लागि योजनासहित प्रदेश सरकारमा आउन आम नागरिकलाई आग्रह गर्नुभयो ।

यस्तै तुलसीपुर–६ का अध्यक्ष वर्षात भण्डारीले स्वदेशमै राेजगारी सिर्जना गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै बिधालयले पनि प्राबिधिक  तथा ब्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए । यस्तै विद्यार्थीले मोबाईलबाट चल्ने कारको डेमो समेत प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सव समारोहमा चर्चित गायिक राधिका हमालले विभिन्न सांगितिक प्रस्तुति रहेको थियोे ।

विद्यालयका शिक्षक माधवा शर्मा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक महेश लामिछानेले गर्नुभएको थियो  ।

बार्षिकउत्सवका अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान समेत गरिएको थियोे  ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्