पहिचानका लागि खेलकुद : नगर प्रमुख खड्का



No description available.

गोकर्ण पौडेल

 

तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पहिचानका लागि खेलकुद रहेकाे बताउनुभएकाे छ । प्याब्सन तुलसिपुर उपमहानगरपालिकास्तरीय समितिले आयाेजना गरेकाे आधारभूत विद्यालयस्तरीय प्रतियाेगिताकाे बेलझुण्डी रङ्गशालामा आयाेजना गरिएकाे कार्यक्रमकाे उदघाटन गर्दै नगरप्रमुख खड्काले स्वास्थ्यका लागि,राष्ट्रका लागिका साथै पहिचानका लागि खेलकुद रहेकाे बचाउनुभयाे ।उहाँले खेल क्षेत्रले विद्यार्थीमा अनुशासित तुल्याउने बताउनुभयाे ।

प्याब्सन नगर समितिका अध्यक्ष गिरीराज डाँगीकाे अध्यक्षता एवम् नगर प्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरी,नगर प्रवक्ता माधव वलीलगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । प्रतियाेगितामा फुटबल र एथलेटिक्सतर्फका खेलहरू समावेश गरिएका छन् । प्रतियाेगितामा २८ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्