
नेपाल बाल संगठन दाङको जिल्ला समिति गठन भएको छ। असोज २ गते सम्पन्न जिल्ला सभाबाट सर्वसम्मत रूपमा विनोद केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।
निर्वाचन अधिकृतले सार्वजनिक गरेको परिणामअनुसार विनोद के.सी. समितिको अध्यक्षमा निर्वाचित हुनु भएको हाे । त्यस्तै, सदस्यहरूमा दिनेश आचार्य, किरण गौतम, गोपाल नेपाली, दशरथ घिमिरे, जे एन सागर , सुशीला आचार्य र बिमल योगी चयन भएका छन्।
जिल्ला सभामा सहभागी सदस्यहरूले बाल अधिकार र बाल संरक्षणका लागि सक्रियतापूर्वक काम गर्ने संकल्प गरेका छन ।
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार

