सुचनाकाे हककाे प्रयाेग मात्र हाेइन कार्यान्वयन पनि गर्नुपर्छ :सूचना आयुक्त गुरुङ



राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङले सुचनाकाे हककाे प्रयाेग मात्र हाेइन कार्यान्वयन पनि गर्नुपर्ने बताउनुभएको छ । हरेक निकायले सुचनाकाे हक प्रयाेग संगै सदुपयोग पनि गर्नुपर्ने बताउनुभएको छ ।

कुनै सार्वजनिक निकायले सुचना नदिएमा राष्ट्रिय सुचना आयाेगमा पुनरावेदन गरेमा कार्बाही गर्न सकिने बताउनुभयाे । सूचनाको हक कार्यान्वयनबारे आज दाङको तुलसीपुरमा भएको अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हाे ।

” सर्वसाधारण नागरिकले सार्वजनिक निकायमा सूचना माग्न सक्ने अधिकार संविधानले नै दिएको छ, सूचना माग्दा नदिनेलाई सूचना आयोगले कार्बाही गर्छ। अहिलेसम्म सूचना माग्दा नदिने ४५ जनासम्मलाई कार्बाही गरिसकिएकाे छ ।” – प्रमुख आयुक्त गुरुङले भन्नुभयो ।

प्रमुख सुचना आयुक्त गुरुङले सुचनाको हक कार्यान्वयनका लागि तीनै तहका सरकार र सम्बन्धित सरोकारवाला निकाय सबैलाई आग्रह गर्नुभएको छ ।

“सहि सुचना समयमै गर्नुपर्छ । सार्वजनिक निकायहरु पारदर्शी हुनुपर्छ । नागरिकले सहि सुचना प्राप्त गर्न नसक्दा अनुमानका भरमा गलत सुचना बाहिर आउने गरेकाे छ । हरेक नागरिकले सहि सुचना पाउने संविधान र सुचनाकाे हक सम्बन्धि ऐनमा छ ।”- उहाँले भन्नुभयो ।

अन्तरक्रियामा सूचना आयोगका उप-सचिव युवराज अधिकारीले सूचनाको हक सम्बन्धी जानकारी गराउँनुभएकाे थियाे । कार्यक्रमको सहजीकरण दिनेश भट्टराईले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्