प्रेस चौतारीका कोषाध्यक्ष नेपालीको विदाई



प्रेस चौतारी नेपाल दाङले जिल्ला कार्य समितिका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलाई प्रशंसा पत्र प्रदान गरि विदाई गरेको छ ।

रोजगारीका लागि शिलशिलामा कोरिया जान लाग्नुभएका नेपालीलाई प्रेस चौतारीले विहिबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।

चौतारी दाङका उपाध्यक्ष विमल योगीको अध्यक्षता एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पार्टीका दाङ इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि कोषाध्यक्ष नेपालीलाई सञ्ञ्चार क्षेत्रमा सकृय भई अनुशासित, इमान्दार र लगानशिल भई कार्य गर्दै आएकोमा सम्मान व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी चौधरीले सञ्चारकर्ममा रहदा चन्द्र प्रकाशले समाज रुपान्तरण र सत्य सूचना प्रबाहमा खेलेको भूमिका उत्कृष्ठ रहेको बताउनुभयो । जुन पेशा व्यवसायमा आबद्ध भए पनि इमान्दारीता र अनुशासन नै सफलताको कडि भएको चर्चा गर्नुभयो । परिस्थिती र समय अनुसार आफुलाई चलाउन सक्नु नै सफल प्राप्ती भएको उहाँको भनाई छ ।

विदाई हुनुभएका चन्द्रप्रकाश नेपालीले पत्रकारीता क्षेत्रमा २०७० साल देखि आबद्ध भई अहिले सम्म सकृयरुपमा रहदा सबैको साथ सहयोग पाएको बताउनुभयो । बाध्यता र परिस्थितीले पत्रकारीताबाट फरक क्षेत्रमा आबद्ध गराएको भन्दै उहाँले आफ्नो व्यक्तित्व र नेतृत्व विकासमा प्रेस चौतारी नेपाल र विभिन्न सञ्चार माध्यमहरु आधार भएको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारीका पूर्ब केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, केन्द्रिय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेशका इन्चार्ज टीका बस्नेत, जिल्ला इन्चार्ज दुर्गालाल केसी, घोराही उपमहानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढा लगाएत प्रेस चौतरीका जिल्ला एवं नगरका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण प्रेस चौतारी नेपाल दाङका सचिब निमुसंगम घर्तीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्