प्रेम विवशको तीज गीत ‘नास सारी सरक्क’ सार्वजनिक



May be an image of 7 people and people standing

लोक गायक तथा संचारकर्मी प्रेमविवश घर्तीको तीजको गित ‘नास सारी सरक्क’ सार्वजनिक भएको छ ।

टिका पुन र गायक घर्तीको आवाजमा रहेको तीजको गित बजारमा आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो । दिपक कुमालको शब्दमा रहेको ‘गितमा गायक घर्ती स्वयंले संगित र आवाज दिनुभएको छ ।

शिव विकको निर्देशनमा रहेको गितको म्युजिक भिडियोमा गायक घर्ती, समिता बुढा, अर्जुन सिलवाल र स्थर सुनामले अभिनय गर्नुभएको छ । गीतमा गाउँ घरमा बोल्दा प्रयोग गरिने ठेट भाषा प्रयोग गरिएको छ ।

मारुनी रेकर्डिङ स्टुडियामा रेकर्ड गरिएको गितको म्युजिक भिडियो शिब फिल्मस् युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।  सार्बजनिक भए संगै गीतले चर्चा बटुलीरहेको छ ।

२०६२ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर विभिन्न लोक तथा दोहोरो गीत रेकर्ड गर्दै आएका घर्तीले २०७१ साल देखि निरन्तर तीज गीत बजारमा ल्याइरहनुभएको छ । उहाँका प्राय सबै गितहरु चर्चित छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्