तुलसीपुर नगर जेसीज पछिल्लो समय सामाजीक कार्यमा सक्रिय बन्दै गएको छ । जेसीजका अध्यक्ष शालीकराम वलीको नेतृत्वले समाजमा प्रभाव पार्ने खालका कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको छ । सामाजीक उत्तरदायीत्वलाई निर्वाह गर्ने उद्धेश्यले जेसीजले सामाजिक गतीविधिमा तदारुक्ताका साथ अगाडि बढेको छ । विभीन्न संघस्स्ंथा मध्ये सामाजीक बन्न सफल जेसीजले हरेक तहका नागरीकहरुलाई शुसुचित गर्दै कार्यक्रमलाई सफल बनाउँदै आएको छ । यसैक्रममा तुलसीपुर नगर जेसीजले बिविध कार्यक्रम गरी जेसीज सप्ताह २०२३ सम्पन्न गरेको छ। जेठ १३ गते देखी शुरु भएको सप्ताह २० गतेसम्म चलेको थियो ।
पहिलो दिनको कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रम तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एबम् राप्ती बबई क्याम्पसका प्रमूख गणेश पार्धेको प्रमूख आतिथ्यता तथा सम्बाद समूहका बरिष्ठ सहजकर्ता शुसिल बस्नेतको बिशिष्ठ आतिथ्यतामा उदघाटन तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको संयोजक जेसी भिमसेन थापाले गराउनुभएको थियो ।
दोश्रो दिन जेसीजका बारेमा बिध्यार्थीहरु माझ जानकारी गराउने उद्देश्यले मा. वि दोघरेमा “जेसीज इन द स्कुल ” कार्यक्रम सम्पन्न गरिएको थियो। जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एबम तुलसीपुर उप महानगर पालिका वडा नं ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमूख आतिथ्यता तथा मा वि दोघरेका प्र. अ सुनिता यादवको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कक्षा १० अध्ययनरत बिद्यार्थीहरुलाई जेसीजको बारेमा पूर्व अध्यक्ष झरेन्द्र खरेलले जानकारी गराउनुभएको थियो ।
तेसैगरी तेश्रो दिनको कार्यक्रम नगर स्तरिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा १७ वटा टिम हरुले भाग लिएका थिए। जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एबम् नेपाल यातायात व्यावसायी संघका केन्द्रिय सल्लाहकार शुरेश हमालको प्रमूख आतिथ्यता तथा लुम्बिनी प्रदेशका एस एस पी कृष्ण पल्लिमगरको बिशिष्ठ आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण केशबराज न्यौपानेले गर्नुभएको थियो ।
त्यसैगरी चौथो दिन न्यायीक समितिसंग अन्तरक्रिया कार्यक्रम गरिएको थियो। कानून बिषय अध्ययनरत करिव ७५ जना बिध्यार्थीहरुले उक्त अन्तरक्रियामा भाग लिएका थिए भने बरिष्ठ सहजकर्ता शुसिल बस्नेत,बरिष्ठ अधिवक्ता प्रदिप कुमार धिताल एबम इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुसान्त मिश्रले सहजिकरण गरेका थिए। न्यायीक समितिको काम कर्तव्य र क्षेत्राधिकारका बिषयमा बिद्यार्थीहरुले जिज्ञासा राखेका थिए। तुलसीपुर उप महानगर पालिकाका न्यायीक समिती संयोजक स्यानी चौधरीको प्रमूख आतिथ्यता तथा समितिका सदस्य दैबी पोख्रेल र लालमती भण्डारीको विशिष्ठ आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन जेसी मधुसुधन गौतमले गर्नुभएको थियो ।
पाचौ दिनको कार्यक्रम ब्लड ग्रुपिङ क्याम्प गरी सम्पन्न भएको थियो। हिमाल एकाडेमी कक्षा १० मा अध्ययनरत ११० जना बिद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको थियो। जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एबम जन स्वास्थ्य निरिक्षक बसन्त कुमार आचार्यको प्रमूख आतिथ्यता तथा हिमाल एकाडेमीका हेडसर नविन कुमार पराजुलीको बिशिष्ठ आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्राबिधिक सहयोग तुलसीपुर सिटी हस्पिटलले गरेको थियो भने कार्यक्रमको संयोजक जेसी बुद्धिराज सापकोटाले गर्नुभएको थियो ।
छैँठौ दिनको कार्यक्रममा एक दिने योग शिविरको आयोजना गरिएको थियो। कार्यक्रममा जेसीज परिवारहरुलाई योग प्रशिक्षण गराइएको थियो।सो अबसरमा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष सुर्य प्रसाद शर्मा ,समाज सेवी दामोदर न्यौपाने ,खिमलाल वली लगाएत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो। जिल्ला युवा महिला प्रवाहरी एवम् मिडिया प्रवाहरी रेखा शर्माको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजक दिपक केसीले गर्नुभएको थियो ।
त्यसैगरी सातौँ तथा अन्तिम दिनको कार्यक्रम स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको थियो । दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा २५ जना युवाहरुले भाग लिएका थिए। जसमा केशब के सी प्रथम,अरुण योगी द्वितिय र श्यामु राजपुत तृतिय भएका थिए। प्रथम,द्वितिय र तृतियलाई क्रमश ७५००,५००० र २५०० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्षहरु झरेन्द्र खरेल,दिपेश भणडारी, बिमल पौडेल,अध्यक्ष सल्लाहकार पूर्ण बिक्रम डाँगी,त्यसैगरी ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज भुसाल, दाङ महिला जेसीजका का .बा . अध्यक्ष बसन्ता भणडारी ,दलित सेवा संघ दाङका किरण बिश्वकर्मा ,अप्टिमिस्ट क्लवका का. वा. अध्यक्ष कमल सापकोटा,महिला अधिकारकर्मी दिपा के सी लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रम संयोजक दामोदर न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी केशबराज केसीले उपस्थित सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन महासचिव सन्दिप भुसालले गर्नुभएको थियो ।जिल्ला ट्राफिक कार्यालय दाङका प्रमूख किरण मल्लको प्रमूख आतिथ्यता तथा जिल्ला युवा समितिका अध्यक्ष अरुण लहरेको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । ।
७ दिनसम्म संचालन गरिएको सप्ताहमा बिभिन्न कार्यक्रमका संयोजकहरुलाई मूल संयोजक शैलेन्द्र कुमार वलीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।साथै जेसीज सप्ताहमा मूल संयोजकको जिम्मेवारी लिई सप्ताहलाई सफलता पूर्वक सम्पन्न गरेकोमा मूल संयोजक शैलेन्द्र कुमार वलीलाई अध्यक्ष जेसी सालिक राम वलीले धन्यबाद सहित मायाको चिनो प्रदान गर्नुभएको थियो । यस्तै कार्यक्रममा पहिलो दिनमा रक्तदान गरेका रक्तदाताहरुलाई प्रमाणपत्र पनि दिईएको थियो।
सन् २०१२ मा तुलसीपुरमा स्थापना भएको तुलसीपुर नगर जेसीजले स्थापना कालदेखी जेसीज सदस्यहरुलाई ब्यक्तित्व तथा नेतृत्व बिकासका लागि बिभिन्न किसीमका प्रशिक्षण कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको छ। त्यसैगरी जेसीजले बिभिन्न किसीमका सामाजिक कार्यहरु पनि गर्दै आएको छ। तुलसीपुर बसपार्क स्थित पिपल बोट नजिक जेसीज धारा निर्माण गरी बाटोमा हिड्ने बटुवा तथा यात्रीहरुलाई शु्द्ध पिउने पानी सहज रुपमा खाने ब्यवस्था गरेको छ। त्यसैगरी दु्रघटना न्युनिकरणकालागि ट्राफिक सचेतना बोर्डहरु विभीन्न सडकहरुमा स्थापना गरेको छ ।
समाजमा सकारात्मक सन्देश दिदै आएको जेसीजले प्रत्येक वर्ष यसैगरी सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आएको तुलसीपुर नगर जेसीजका अध्यक्ष सालीकराम वलीले जानकारी दिनुभयो ।