दाङको तुलसीपुरमा पुस्तकालय निर्माण गर्ने उद्धेश्यले आज आईतवार तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सब २०७९ को उद्घाटन गरिएको छ । महोत्सबको हाज आइतबार लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
आज तुलसीपुर उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श तथा ब्यबसायीक संगठनले बिरोधबीच पनि महोत्सबको उद्घाटन गरिएको हो । मंसिर १५ गतेदेखि सञ्चालन हुने भनिए पनि चार बुदे सहमतिले दश दिन ढिला गरी महोत्सबको उद्घाटन गरिएको आयोजकले जनाएको छ ।
युथ्स अफ तुलसीपुरको आयोजना सुरु भएको महोत्सबको उद्घाटन गर्दै राज्यमन्त्री श्रेष्ठले तुलसीपुरको बिकासका लागि एकता हुनुपर्ने बताउनुभयो । एउटा महोत्सब सञ्चालन हुदा तुलसीपुरको मन फाट्नु राम्रो नभएको भन्दै मन्त्री श्रेष्ठले एकताले मात्रै बिकास निर्माणमा सहयोग पुग्ने बताउनुभएको थियो ।
यस्तै तुलसीपुरका ब्यबसायी, उद्यमी, युवा तथा राजनीतिज्ञहरुको फरक÷फरक धारणा आउनुले राम्रो सन्देश नजाने भन्दै मन्त्री श्रेष्ठले युवाले गरेको कामलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । जिल्लामा भुगोलको भावनाले काम गरेको भन्दै मन्त्री श्रेष्ठले तुलसीपुरमा सुरु भएको महोत्सबलाई लिएर भएका क्रियाकलाप गलत रहेको बताउनुभयो ।
महोत्सब मार्फत् युवा उद्यमीलाई जोड्नुपर्ने भन्दै मन्त्री श्रेष्ठले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । स्थानीय रुपमा हुने महोत्सबमा स्थानीय कला, सस्कृती, भाषासंगै उत्पादनलाई समेत जोडुनुपर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।
“युवा उद्यमशीलतालाई जोड्दै, समृद्ध नेपालको परिकल्पना” भन्ने मुल नाराका साथ आइतबारदेखि सुरु भएको महोत्सब पुस ६ गतेसम्म सञ्चालन हुने छ । तुलसीपुरमा आधुनिक पुस्तकालय निर्माणका लागि महोत्सब सञ्चालन भएको आयोजक युथ्स अफ तुलसीपुरले जनाएको छ ।
महोत्सब उद्घाटन कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले तुलसीपुरमा एकले अर्कालाई स्वीकार गर्न नसक्दा समस्या हुने गरेको भन्दै उनीहरुले स्थानीय सरकार, सामाजिक संघसस्थाको नेतृत्व गर्नेले अभिभावकको भूमिका निर्बाह गर्नुपर्ने बताएका थिए ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस दाङका उपसभापति कमानसिंह भारतीले एउटै आस्था राख्नेहरुका बीचमा पनि एकता नहुनु दुखद रहेको बताउनुभयो । महोत्सबको बिषयमा तुलसीपुर दुई धारमा बाडिनु गलत रहेको बताउनुभयो ।
यस्तै राप्रपाका क्षेत्रीय अध्यक्ष श्रीमणी न्यौपाने, नेकपाका बिकास वली, प्रजातान्त्रिक उद्योगी ब्यबसायी संघ तुलसीपुरका अध्यक्ष जनकप्रसाद खराल, एनप्याब्सनका उपाध्यक्ष सुबोधकुमार डाँगी, तरुण दल दाङका अध्यक्ष टीका घर्ती, रेडियो पाठशालाका अध्यक्ष गोपाल रावत लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । ।
युथ्स अफ तुलसीपुरका संयोजक तथा महोत्सब मुल आयोजक समितिका संयोजक अरुण लहरेको अध्यक्षतामा महोत्सबको उद्घाटन गरिएको थियो । युथ्स अफ तुलसीपुरका सल्लाहकार खेमराज सेञ्चुरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रेमबिबस घर्तीले गर्नुभएको थियो ।
महोत्सब उद्घाटन पुर्ब तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरबाट शोभायात्रा सुरु भएको थियो । शोभायात्राले तुलसीपुरका विभिन्न क्षेत्रमा परिक्रमा गरेर महोत्सबस्थल पुगेर औपचारिक रुपमा सुरु भएको थियो ।
महोत्सबमा विभिन्न दुई सय वटा स्टल सञ्चालनमा आएका छन् । महोत्सबस्थलमा निर्माण गरिएका स्टलमध्ये सबै स्टल बुकिङ भएका छन् । महोत्सबस्थलमा जुत्ता, फेन्सी, कृषि औजार, इलेक्ट्रोनिक्स, कृषि तथा अन्य भेषभुषासंग सम्बन्धित स्टल राखिएका छन् ।
यसैबिच प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सबमा सोमबारदेखि साँस्कृतिक कार्यक्रम सुरु हुने भएका छन् । महोत्सब मुल आयोजक समितिले सोमबारदेखि विभिन्न कलाकार मार्फत् मनोरञ्जनका कार्यक्रम सुरु हुने जनाएको छ ।
महोत्सबमा सोमबार कलाकार चन्द्र शर्मा, कमल खत्री, सुनिता अधिकारीसंगै स्थानीय कलाकारले समेत प्रस्तुती राख्ने जनाएको छ । पुस ६ गतेसम्म स्थानीय तथा राष्ट्रिय कलाकारले मनोरञ्जन प्रदान गर्ने महोत्सब मुल आयोजक समितिले जनाएको छ ।