बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प



बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर आज बिहान १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार भूकम्पको केन्द्रविन्दु बैतडी जिल्लाको सदरमुकाम खलंगा नजिकै रहेको हो।

भूकम्पको धक्का मस्त निद्रामा परेका बेला महसुस भएकोले धेरै नागरिकहरू त्रसित बनेका थिए। तत्काल ठूलो क्षतिको विवरण भने आइसकेको छैन।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सबै युनिट र स्थानीय तहहरूसँग समन्वय गरी क्षतिको विवरण संकलन भइरहेको छ।

सम्भावित परकम्प र क्षतिबारे थप जानकारी आउन बाँकी छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्