बिमाको लोभमा आफ्नै टिप्परमा आगो लगाउने तीन जनालाई प्रहरीद्धारा सार्वजनिक



दाङमा बिमाको लोभमा आज मंगलबार आफ्नै टिप्परमा आगो लगाउने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले बिहान बन्दको मौका छोपी घोराही(लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाउने चालक, सहचालक र टिप्परमालिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले टिप्पर मालिक घोराही(१८ का ४३ वर्षिय धनेश्वर भण्डारी, टिप्पर चालक राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीका ३२ वर्षिय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरका १७ वर्षिय आकाश चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार टिप्परका चालक र सहचालकले टिप्पर मालिककै निर्देशनमा टिप्परमा बिहान ५ बजेतिर आगो लगाएका हुन् । टिप्परमा आगो लगाएर उनिहरुले प्रहरीलाई फोन गरेर बन्दकर्ताले आगो लगाएको भनेर जानकारी गराएपछि प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । तर टिप्पर पूणर्रुपमा जेलेको प्रहरीले जनाएको छ ।

टिप्पर धनि धनेश्वरले गाडी पुरानो र जिणर् बन्दै गएकाले बिमा दाविका लागि आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताउनुभयो । उनिहरु दोषि ठहर भएमा कानुन अनुसार १ वर्षसम्म कैद र १० हजारसम्म जरिभाना हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्