थारु समुदायको उत्थान, हरेक थारु गाउँमा थारु ग्राम ःपाण्डे



No description available.

प्रदेश सभा सदस्यका उम्मेद्धार घनश्याम पाण्डेले दाङको हरेक थारु गाउँमा थारु सास्ंकृतीक ग्राम निर्माण गर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज बुधवार तुलसीपुरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै थारु संग्राहालय संग्राहालयमा मात्र समिीत रहेकाले अव थारु समुदायको आर्थीक रुपले समृद्धि ल्याउँन गाउँगाउँमा थारु ग्रामको स्थापना गर्ने योजनाका साथ काम गर्ने बताए । थारु समुदायको रीतीरीवाज, लोकपरम्परा, लोकसस्ंकृतीलाई टिकट बाट नभई घरमै गएर पारीवारी तरीकाले ग्रहन गर्नका लागि यस प्रकारको योजना अगाडि बढाएको उनले बताए । “संग्राहालयमा थारु परम्परालाई थुपार्ने होईन अव हरेक थारुहरुको घरमा थारु सस्ंकृती देखिनुपर्छ, खाने परिकार देखी लीएर लाउँने पोषाक घरमा हुनुपर्छ बाहिरको पर्यटक संग्राहालयमा होईन घरमै पारीवारीक तरिकाले बस्ने ब्यवस्था हुन्छ , थारु समुदाय अव आफनै सस्ंकार देखाएर आर्थीक उपार्जन गर्ने गरि हामी योजना बनाईरहेका छौँ ।”पाण्डेले भने ।

हरेक थारु गाउँमा मटावा, भन्मल्सा रहनुपर्ने सम्बन्धि ऐन निर्माण गरि उनीहरुको कार्य संचालनका लागि सुरुमा ५ हजार रकम उपलब्ध गराउँने, लुम्बीनीमा थारु सांस्कृतीक केन्द्र निर्माण, बहुसांस्कृतीक केन्द्र स्थापना जस्ता थारु समुदायको उत्थानका लागि कार्ययोजना बनाई अगाडि बढ्ने प्रतीबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्