घाेराहिमा आधारभूत पत्रकारिता तालिम सम्पन्न



दाङकाे घाेराहिमा एकदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । समाजका लागि सञ्चार पैरवी नेपाल एमव् थारु पत्रकार सङ्घ नेपाल दाङ शाखाले आयोजना तथा घाेराहि उपमहानगरपालिकाकाे आर्थिक सहयाेगमा तालिम आयाेजना गरिएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डिसीले थारू भाषा संस्कृति संरक्षणका लागि उपमहानगरपालिकाले याेजना बनाइ थारु समुदायका लागि काम र सहयोग गर्दै आएको बताउनुभयो । घोराही उपमहानगरपालिकाले थारू भाषालाई सरकारी कामकाजीको भाषा बनाएसँगै विद्यालयमा समेत थारू भाषामा पठनपाठन सुरुवात गरेको बताउनुभयो ।  घोराही उपमहानगरपालिकाले प्रत्येक थारु गाउँमा भुँह्यार थान निर्माण तथा संरक्षणका लागि बजेट विनियोजन गर्दै  आएको  बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले थारू पत्रकारको क्षमता विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । जति सक्दाे थारु  पत्रकार उत्पादन गर्न,  थारू पत्रकारहरू पेसागत हकहितका लागि थारू पत्रकार एकताबद्ध हुनुपर्ने कुरामा जोड दिनुभयाे ।

नेपाल पत्रकार संघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सामाजिक सञ्जालमा आउने विषय र आम संचारका माध्यममा आउने कुराहरुलाई छुट्याउन र बुझ्न नसक्दा पत्रकारिताको अर्थ नकारात्मक हुने गरेको बताउनु भयो ।

साे अवसरमा बोल्ने अन्य बक्ताहरुले थारु समुदायको उत्थानका लागि कलम चलाउनुपर्ने बताएका थिए ।  थारू भाषा संस्कृति संरक्षणका लागि थारू पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको बक्ताहरुकाे भनाइ थियाे ।

कार्यक्रममा कल्याणकारिणी सभाका केन्द्रीय सदस्य भुवन चौधरी, थारू पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष सन्तोष दहित, घोराही उपमहानगरपालिकाका सुचना अधिकारी भिम बहादुर चौधरी, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली, फोनिज दाङका अध्यक्ष दिप्तिशिखा चौधरी, सङ्घको सल्लाकार लक्ष्मीमान चौधरी, थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी लगायतले आ – आफनाे धारणा राखेका थिए।

सङ्घका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । थारु पत्रकार संघका सदस्य विष्णु चाैधरीकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे शहजिकरण उपाध्यक्ष निता चाैधरीले गर्नु भएको थियाे ।

तालिममा घाेराहि उपमहानगरपालिकाका ३० जना थारु महिलाहरुकाे सहभागीता रहेकाे थियाे । तालिमकाे प्रशिक्षकमा सरद अधिकारी , दुर्गालाल के सि, जे.एन सागर, सन्ताेष सुुवेदि , दिप्तिशिखा चाैधरी, सन्ताेष दहित रहनु भएको थियाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्