तुलसीपुर उपमहानगरपालिका–१२ दक्षिण कपाडादेवीका ६८ वर्षीय बलिराम चौधरी पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
पारिवारिक स्रोतका अनुसार बलिराम जेठ १३ गते विहान साढे ७ बजेतिर छाता किन्न घरबाट निस्किनुभएको थियो । तर रातिसम्म घर नफर्किएपछि परिवारले खोजतलास थालेको थियो ।
उहाँको शव घोराही उपमहानगरपालिका–३ स्थित डाँफे सामुदायिक वनमा फेला परेको मृतकका छोरा राजकुमार चौधरीले जानकारी दिनुभयो ।
हिजो शनिबार बेलुका करिब ६ बजेतिर प्रहरीबाट शव फेला परेको जानकारी पाएपछि आफन्तहरू घोराही पुगेका थिए ।
बलिरामको शव राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा पोस्टमार्टमपछि परिवारले बुझेको छ । उहाँको अन्तिम दाहसंस्कार आज दक्षिण कपाडादेवीको रानिघाटस्थित ग्वारखोला पुल नजिकै गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते आइतवार