सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा १० ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ। गएराती बालुवा उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको हो । लमही नगरपालिका वडा न. ७ बनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा गएराति २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्र्याक्टरहरु नियन्त्रणमा लिईएको जनाएको हो।
सशस्त्र प्रहरी बल, नेपाल न. ४१ रिजर्भ गण हेड क्वाटर अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डि. सी. को नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका वडा न. ७ बनगाईबाट ६ ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो । यस्तै सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका ७ हस्नापुर बाट ४ ओटा ट्र्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ट्र्याक्टरहरुलाई आवश्यक कानुनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।