महिलाका सवालमा सरकार गम्भीर बन्नुपर्ने सांसदहरुको माग

शान्ति महिला नमुना सांसद पुनर्गठन एव परिचालन कार्यक्रम अनर्तगत संसद सभा एंव बैठक


दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेका शान्ति नमुना महिला सांसदहरुको संसद बैठक आज शनीवार देखि शुरु भएको छ । सभामुख सीमा न्यौपानेको अध्यक्षतामा बैठक शुरु भएको हो । बैठक शुरु हुनु पुर्व सरकार प्रमुख टिकाराम खड्काले सम्बोधन गर्नुभएको थियो ।
सरकार प्रमुख खड्काले सरकारले महिला सवाललाई विषेश प्राथमिक्ताका साथ राखेको बताउँनुभयो । छोरीहरुलाई आत्मनिर्भर बनाउँने, महिलाहरुलाई उधमी बनाउँने विषयमा बजेट विनीयोजन गरिएको,स्मार्ट छोरी कार्यक्रमलाई प्रभावकारी बनाउँन,दुर्गम ठाउँका महिलाहरुलाई सचेतीकरण गर्न, छोरीहरुलाई स्वास्थ्य,शिक्षाको पहुँचमा पु¥याउँन सरकार गम्भीर तरीकाले अगाडि बढेको बताउँनुभयो ।

सरकार प्रमुखको सम्बोधन पश्चात बैठकको शुन्य समय शुरु भएको थियो । शुन्य समयमा बोल्दै प्रतीपक्ष दलका सांसद माननीय दिलमाया नेपालीले महिलाहरु वेराजगार भएर बस्नु पर्ने बाध्यताको अन्त्य गर्नुपर्ने भन्दै महिलाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाधयताको अन्त्य हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउँनुभयो । यस्तै सांसल डिला वि.क.ले तुलसीपुर क्षेत्रमा दिनप्रतीदिन हत्या हिंसाका जघन्य अपराध भएपनि शुरक्षा दिनमा सरकारले चासो नदिएको बताउँनुभयो ।

ओवी वली सुत्केरी महिलाहरुको स्वास्थ्य जस्तो गम्भीर विषयमा सरकार मौन बसेको भन्दै अझै पनि ग्रामिण भेगका सुत्केरी महिलाहरुलाई डोकोमा अस्पताल पु¥याउँने बाध्यता छ यो समस्या कहिले हट्ने भन्दै गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउँनुभएको थियो ।
सांसद हुमा घर्ती शहरी क्षेत्रका भित्री गल्ली, टोलमा अझै पनि विजुली वत्तीको समस्या भएको, युवाहरु विदेशीने बाध्यता, युवालाई रोजगारको ग्यारेन्टि कहिले सम्म ? भन्दै सरकारको ध्यानाकर्षण गराउँनुभएको थियो ।

सिता कुमारी लामीछानेले किसानहरु मारमा परेको भन्दै किसानका लागि मल,विउँ समयमा उपलब्ध हुनुपर्ने,कृषिलाई प्रविधिमैत्री बनाउँनुपर्ने माग गर्नुभयो ।
सांसद निशा लामिछाने , बसन्ता के.सी., शुसीला न्यौपाने, भगवती धिताल, देवी पोख्रेल, दिल कुमारी वि.क., लगाएतले बालबिबाह अन्त्य गर्नुपर्ने,सडक कालोपत्रे महिलाहरुलाई आएश्रोत संग जोड्नुपर्ने, गर्नुपर्ने,टोलटोलमा खानेपानी विस्तार गर्नुपर्ने, सडकको स्तरोन्नती गर्नुपर्ने लगाएतका विषयवस्तुमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।


संसद बैठक सुरु भईरहदा विषेश समय माग गर्दै प्रतीपक्षी दलका सांसद देवा डांगीले महिलाका सवालहरुमा बनेका निती कार्यान्वयन नभएको बताउानुभयो । अपांगता, दलीत, विपन्न वर्गका नागरीकले कुनै पनि तहमा न्याय नपाएको भन्दै नागरीकहरु विगतदेखि रोजगार, शिक्षा स्वास्थ्यमा ठगिदै आएको भन्दै सरकारले निती शंसोधन गर्नुपर्ने सरकार समक्ष माग गर्नुभयो । तुलसीपुरमा निशुल्क सहायता कक्ष हुनुपर्ने, निजी विधालयमा लाखौँ पैसा खर्चगरेर छोराछोरी पढाउँने गर्नाले सामुदायीक विधालयको लगानी खेर गएको प्रती सरकार गम्भीर बिधालय मर्ज गर्ने अभियानमा लाग्नुपर्ने बताउँनुभयो । यस्तै तुलसीपुर सरकारले नितीलाई कार्यान्वयन गरि छोराछोरीलाइृ विभेद नगरी समान शिक्षा दिनका लागि पहल गर्नुपनेृ भन्दै निती कार्यक्रम गर्ने उम्कन नपाउँने भन्दै यी यस्ता विषयमा गम्भीर हुन ध्यानाकर्षण गराउँनुभयो ।

यस्तै सत्तापक्षका सांसद कमला जि.सी.ले प्रतीपक्षका सांसदले भएनभएका विषयलाई संसदमा उठान गर्नु जाएज नभएको तर्क गर्नुभयो । उहाँले स्मार्ट छोरी प्रोत्साहन भत्ता दिनुपर्ने भन्दै कार्यक्रम शुरु गरिसकेको जानकारी गराउँनुभयो । हत्या, हिंसा, बलत्कार जस्ता जटिल अपराधका घटना कम गर्न सरकार गम्भीर भएको र शान्ती सुरक्षालाई कडाईका साथ लागु गर्ने बताउँनुभयो । वजेट वाँडफाँड हुँदा कहिकतै अपुग भएको ठाउँमा आउँने आर्थीक वर्षमा वजेट विनीयोजन गरिने बताउँनुभयो । सामुदायीक विधालयहरुको समस्यालाइृ गहिरो ढंगले अध्ययन गरेको भन्दै केहि समस्या आइृलागेकाले त्यसको पनि केहि समयपछि समस्या समाधान गरिने जानकारी दिनुभयो । महिलाहरुलाई प्राथमिक्तामा राखेर नेतृत्व विकासका कार्यक्रम संचालन गर्दै आएको कुरा अवगत गराउँनुभयो ।

त्यसपछि लगत्तै विषयगत समीतीका मन्त्रीहरुले विषेश समयमा आ– आफनो विषयमा रहेर सरकारको ध्यानाकर्षण गराएका थिए । राजनीतीक समितीका संयोजक माननीय सरीता , मानव शंसाधन समितीका संयोजक माननीय लोकमाया पुन, शान्ती तथा मानव अधिकार समितीका संयोजक मधुमती सुनारल, सुचना तथा संचार समिती संयोजक लालमती भण्डारीले विषयगत प्रतीवेदन पेश गर्नुभएको थियो । सो अवसरमा प्रतीपक्षी दलका नेताले रोष्टम घेराउ गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।

सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगीत गर्दै बैठकका लागि आश्वान गर्नुभयो । बैठक पश्चात शुन्य समयमा बोल्दै प्रतीपक्ष दलका सांसद विमला शर्माले नितीमा सिमान्तकृत वर्गको हितका लागि कुनै कार्यक्रम उल्लेख नगरेको बताउँनुभयो । बालबालीकाहरु श्रममा भएपनि सरकारको नितीमा बालबालीकाको सवालका विषयमा केहि उल्लेख नगरीएको लगाएतका विषयमा उल्लेख गर्नुपर्ने बताउँनुभयो ।
यस्तै सांसद अनीता पोख्रेलले निजी बिधालयले वढि शुल्क लिने गरेकाले गरीव निमुखाका छोराछोरीहरु मारमा परेको भन्दै सरकारले १ देखि १२ सम्म निःशुल्क शिक्षा भनीएपनि कार्यान्वयन नभएको प्रती आपत्ती जनाउँनुभयो ।
सांसद हुमा घर्तीले समाजमा अझै सम्म ब्याप्त भएको जातीय छुवाछुतलाई निर्मुृल पार्न यसको अन्त्य गर्नुपर्ने यसका लागि सरकार गम्भीर बन्नुपर्ने बताउँनुभयो ।

सत्तापक्षका निर्मला कार्कि , देवी पोख्रेलले न्यायीक समितीमा फौजदारी मुद्धा आएपनि न्यायपुर्ण तरीकाले न्याय नपाएको भन्दै न्याय समिती मुस्कान सहितको सेवा दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । बालबालीकाहरु ऋशुरक्षीत भएको, चेलीवेटि वेचविखन बढेको भएपनि सरकार लापरवाहि गरेको भन्दै आपत्ति जनाएका थिए । यस्तै  दिलमाया नेपालीले मानविय विकासमा सरकारले ध्यान दिनुपर्ने बताउँनुभयो ।

ऋाजको संसद बैठकमा धेरै विषयमा विरोध आईसकेपछि सभामुख सीमा न्यौपानेले भोली बस्ने भन्दै आजको संसद बैठक स्थगीत गर्नुभएको थियो । दुइृ वटा विषयको प्रश्तुती संगै संसद बैठक भोली विहान ठिक ९ बस्ने उप–सभामुख शुष्मा गिरीले जानकारी दिनुभयो ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानगरपालीकाको सहयोगमा शान्ति महिला नमुना सांसद पुनर्गठन एव परिचालन कार्यक्रम अनर्तगत संसद सभा एंव बैठक संचालन गरिएको नवजागरण महिला तथा बाल संरक्षण केन्द्रका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्