दाङ उधोग वाणिज्य संघकाे ५५ औं स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता शुरु




गोविन्द खड्का

दाङ जिल्ला उधोग वाणिज्य संघकाे ५५ औं स्थापना दिवसको अवसरमा शनिवार घोराहीमा ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

दाङ जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एवम् पुर्व अध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यतामा भएको थियो ।

संघ ले स्थापन दिवसका अवसरमा आज दिउसो हाजिरजवाफ प्रतियोगिता र साझ दिप प्रज्वलन गर्ने अध्यक्ष जोशीले जानकारी दिनुभयो । प्रमुख अतिथि गुप्ताले व्यवसायीले उत्सवको रुपमा स्थापना दिवस मनाउन आग्रह गर्नुभयो । खेललाई मैत्रीपुर्ण प्रतियोगिता बनाउन घोराही ब्याडमिन्टन क्लवका अध्यक्ष मुलधन रोकाको भनाई थियो ।

प्रतियोगितामा ९ टिम ले सहभागिता जनायको संघका सदस्य तथा प्रतियोगिता संयाेजक नोर्बुलामा तामाङ्ले जानकारी दिनुभयो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ को स्वागत बाट शुरु भएको कार्यक्रम सन्चालन सचिव विकास वलीले भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्