प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीत रुपमा सञ्चालनमा



राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। जनार्दन पन्थिले विशेषज्ञवाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिनु भयो ।

पन्थिका अनुसार गएको असार ३० गतेवाट असिष्टेन्ट प्रोफेसर डा. सन्तोषकुमार झाले अस्पतालमा हाजिर भई सेवा नियमीतरुपमा दिइरहेको बताउनु भयो । नोवेल मेडिकल कलेज विराटनगरमा लामोसमयदेखी कार्यरत रहेका झाँ हालै मात्रै प्रतिष्ठानमा आई साउन १६ गतेसम्म १७ वटा बढि मृगौलमा पथ्थरी भएका विरामीको दुरविन विधिवाट अप्रेसन भइसकेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनु भयो । युरोलोजि सेवामा झाँ पुराना र अनुभवि चिकित्सक मानिनुहुन्छ । युरोलोजि विशेषज्ञ झाँले मृगौलाको पथ्थरीको अप्रेसनसहीत प्रोष्टेड, गुप्त रोग, पिसाब थैली, पिसाब नली समवन्धी उपचार सेवा विरामीले प्राप्त गर्ने जानकारी दिनु भयो ।

झाँले यसअघि नेपालमै पहीलोपटक दुरविन विधिवाट पाइलो प्लाष्टिक अप्रेसन गरेको बताउदै दुरविन विधीवाट अप्रेसन गर्दा घाउ नपाक्ने, घाउ चाडै निको हुने, विरामी लामो समय अस्पतालमा बस्नु नपर्ने र खर्च पनि कम लाग्ने भएकाले यो विधि अत्यन्तै प्रभावकारी रहेको बताउनु भयो । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले अस्पतालको सेवा विस्तारमा ध्यान दिदै चिकित्सकहरु थपिनेक्रम जारी रहेकाले उपचार सेवा थप प्रभावकारी हुने बताउनु भयो ।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्