जेसीजको सप्ताहव्यापी कार्यक्रम, आज ब्याटमिन्टन प्रतियोगिता सम्पन्न



No description available.

तुलसीपुर नगर जेसीजले आज नगर स्तरिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। “जेसीज सप्ताह २०२३” अन्तरगत तेश्रो दिनको कार्यक्रम अन्र्तगत खुल्ला ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

तुलसीपुर स्थित बहुउदेश्यीय कबर्ड हलमा संचालित तुलसीपुर नगर स्तरिय खेलमा १७ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा टिकाजंग वली र यम नारायण श्रेष्ठको समूह प्रथम यस्तै भिम बि.क. र पूर्ण बुढाको समूह द्वितिय र हरि वली र तेज बहादुर चौधरी एबम् रेशम खड्का र शसिराम रावतको गरी २ वटा समूह तृतिय भएका थिए । खेल प्रतीयोगितामा डिल्ली रमण महतले अम्पायर तथा लाल बहादुर के सीले निर्णायकको भुमिका निर्बाह गरेका थिए। बिजयी खेलाडीहरुलाई पुरस्कार , प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो।

No description available.

No description available.

तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिक राम वलीको अध्यक्षता एबम् नेपाल यातायात ब्यबसायी महासंघका सल्लाहकार शुरेस हमालको प्रमूख आतिथ्यता तथा लुम्बिनी प्रदेश प्रहरी प्रमुख कृष्ण पल्ली मगरको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्षहरु दिपेश भण्डारी, बिमल कुमाक पौडेल , निवर्तमान अध्यक्ष केशबराज केसी, तेक्वान्दो
प्रशिक्षक भिम बि. क. लगायत प्रतिष्ठित खेलाडीहरुको उपस्थिती रहेको थियो।

No description available.

कार्यक्रम संयोजक केशब राज न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसीज आस्था पाठ कृष्ण पोख्रेलले गरेका थिए । सो अवसरमा जेसीज सप्ताहका मूल संयोजक शैलेन्द्र कुमार वलीले ७ दिन सम्म संचालन भैरहेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए।

जेसीजले यो भन्दा अगाडी रक्तदान तथा जेसीज इन द क्लास कार्यक्रम सम्पन्न गरिसकेको छ भने न्यायीक समिति संग अन्तरक्रिया ,ब्लड ग्रुपिङ,एकदिने योग शिविर तथा स्लो बाइक रेस प्रतियोगिता कार्यक्रम गर्दैछ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्