दाङ बाट राेल्पा जादै गरेकाे जिप दुर्घटना



दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटनामा परेको छ । तुलसीपुरबाट रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको डबल क्याप जीप तुलसीपुर–३ लाहुरेचौरको श्रीखोलामा दुर्घटना परेको हो ।

जीप सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनामा घाइते १० जनाको उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा चालकसहित चार जनाको अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो । जीप शुक्रबार (आज) बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

तिब्र गतिका कारण जीप दुर्घटनामा परेको उहाँको भनाई छ । उहाँका अनुसार घाइते चार जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अरु विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्