चौथो हिरा डागी स्मृति कप फुटबलको उपाधी टरिगाउ लाई



लक्ष्मण बस्नेत

दाङको तुलसीपुरमा संचालित चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को उपाधि टरिगाउ युथ क्लब तुलसिपुर १२ ले जितेको छ ।

हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको फाइनल खेलमा ब्रीगेड ब्वाइज ललितपुर काठमाडौ लाई २-१ गोल ले पराजित गर्दै टरिगाउ युथ क्लबले उपाधी संगै बिजेताको ट्रफी उचालेको हो ।

उपाधी संगै उसले नगद दुई लाख दुई हजार दुई सय,बिजेताको कप, मेडल, प्रमाणपत्र,हात पार्‍यो । फाईनलमा सम्मानजक हार ब्यहोरेको ब्रीगेड ब्वाइज उपबिजेतामा सिमित रहदै नगद एक लाख एक हजार एक, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलको पहिलो हाफ्मा टरिगाउका जर्सि न १४ का गणेश हमालले गोल गर्दै टिम लाई १-० अग्रता दिलाउदै गर्दा ब्रीगेड ब्वाइजका जर्सि न २३ का एन्जल महर्जनले जवाफी गोल गरेर टिम लाई बराबरी गर्न सफल भए । त्यस्तै दोस्रो हाफ्मा टरिगाउका जर्सि न २ का राज भुसालले गरेको गोल नै टरिगाउका लागि निर्णायक गोल बन्यो ।

खेलमा म्यान अफ द फाईनल टरिगाउका सन्दिप कार्की भए ।
यसैबिच प्रतियोगिताको समापन समारोह हिरा डागी फाउन्डेसनका अध्यक्ष पोखर सिह डागिको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं दङ्गिशरण गाउँ पालिकाका अध्यक्ष शम्भु गिरिको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रम लाई सम्बोधन गदै प्रमुख अतिथी खड्काले तुलसिपुरको मुटुमा रहेको अरनिको खेल मैदान तुलसिपुरको स्तर उन्नति र पुर्वाधार बिकास लाई पहिलो प्राथमिकता राख्ने बताउनु भएको छ ।
खेल बिकासको पहिलो आधार पुर्वाधार बिकास हो चार दशकको ईतिहास बोकेको अरनिको मैदानको स्तर उन्नतिका लागि आवश्यक कार्य लाई अगाडि बढाउने प्रतिवद्ता ब्यक्त गर्दछु उहाँ ले भन्नुभयो ।

साथै उहाले फाउन्डेसनको एकल प्रयासले आमन्त्रित फुटबल प्रतियोगिता मार्फत देश तथा बिदेशका खेलाडिले यस भुमीमा हजारौ दर्शकका माझ खेल खेलेको देख्न पाउँदा सिङ्गो महानगर गौरवभानित भएको बताउनु भयो । सो अवसरमा विशिष्ट अतिथी दङ्गिशरण गापाका अध्यक्ष शम्भु गिरि लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी ब्रीगेड ब्वाइजका रितेश गुरुङ,हाई स्कोरर युनएनबिसिका हेनरी र राईजिङ स्टारका अरुण चौधरी,वेष्ट किप्पर टरिगाउ युवा क्लका विशाल केसि लाई जनहि पाच पाच हजारका दरले नगद तथा ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगिता लाई भब्य एवं सभ्य बनाउन महत्त्वपूर्ण सहयोग गर्ने संघ संस्था तथा ब्यक्ती लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन हिरा डागी फाउन्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्