तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ।
आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन्। उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए।
महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । महोत्सव फागुन १६ गतेसम्म चल्नेछ। हरेक दिन दर्शकको भीड बढ्दै गएको छ। मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवर्द्धनमा टेवा पुर्याएको छ।
आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन्।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।
भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताउनुभयाे।