जाडो मौसममा छालाको हेरचाह , कुन क्रीम कस्तो ?



जाडोमा कसरी आफ्नो छालाको केयर गर्ने ? अपनाउनुस् यी टिप्सहरु – BikashNews

चिसो मौसम सुरु हुनासाथ छाला सुख्खा हुने, फुट्नेलगायतका समस्या देखा पर्न थाल्छन् । गर्मीको तुलनामा चिसोमा छालाको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।  चिसो मौसम सुरु हुनासाथ छाला सुख्खा हुने, फुट्नेलगायतका समस्या देखा पर्न थाल्छन् । गर्मीको तुलनामा चिसोमा छालाको बढी हेरचाह गर्नुपर्ने हुन्छ । छालालाई नरम र मुलायम बनाउन ‘मोस्चराइजर क्रिम’ को आवश्यकता पर्छ । जाडो मौसमलाई लक्षित गरी विभिन्न कम्पनीले बजारमा ‘मोस्चराइजर क्रिम’ र ‘लिपबाम’ ल्याउँछन् । छाला रोग विशेषज्ञ का अनुसार बजारमा पाइने उत्पादनहरू आफ्नो छालाअनुसार प्रयोग गर्नुपर्छ । चिसो मौसममा डन्डिफोर नआउने र धेरै नै सुख्खा छाला छ भने महिनामा दुई–तीन पटक नरिवलको तेल वा हाइड्रेटिङ फेस मास्क राति लगाउँदा छाला नरम हुन्छ ।

छाला सुख्खा र कक्रक्क पार्ने ‘फेसवास’ को साटो नरम ‘पिएच ब्यालेन्स क्लिन्जर’ लगाउन सकिन्छ । छालाको बाह्य तेल नासिँदा चमकहीन र दह्रो छाला कमजोर हुन सक्छ । यसैगरी धूलो, धूवाँ, प्रदूषण र सूर्यको हानिकारक विकिरणले पनि छालामा छिट्टै असर पार्छ । सुख्खा छालामा ‘एलर्जी’ र ‘एक्जिमा’ समेत बढ्न सक्छ । बिहान पानीले मुख धुने र राति ‘पिएच ब्यालेन्स क्लिन्जिङ’ प्रयोग गर्नुपर्ने हुन्छ ।  जाडोमा प्रयोग गर्न सकिने विभिन्न कम्पनीका क्रिमहरू :-

जोय

भारतीय कम्पनी ‘जोय’ ले लामो समयदेखि नेपालमा क्रिमहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले जाडोलाई लक्षित गर्दै ‘जोय हनी’, ‘आलमन्ड क्रिम’, ‘जोय स्किन फुट्स’, ‘मोस्चराइजर’, क्रिम ल्याएको छ । यसैगरी कम्पनीले शरीरका लागि ‘बडी लोसन’ र ओठको सुरक्षाका लागि ‘लिप बाम’ पनि ल्याएको छ । विभिन्न आकारमा उपलब्ध यी उत्पादनहरूको बजारमा मूल्य १३९ देखि ४७२ रुपैयाँ रहेको छ । कम्पनीले ‘लिप गार्ड’ र ‘लिपबाम’ को मूल्य क्रमशः २५ र ३५ रुपैयाँ निर्धारण गरेको छ । यो मौसममा ‘मोस्चराइजर क्रिम’ नै ग्राहकहरूको बढी रोजाइमा छ । कम्पनीले ‘सनस्क्रिन’ पनि बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका ‘एसपीअफ’ १५, २२ र ४० सम्मका क्रिम बजारमा उपलब्ध छन् । ‘सनस्क्रिम जाडो–गर्मी दुवै सिजनमा उपयुक्त हुने तर ‘मोस्चराइजर’ भने जाडोमा बढी उपयुक्त हुनछ।

निभिया

भारतीय ब्रान्ड ‘निभिया’ ले महिला–पुरुष दुवैलाई लक्षित गर्दै विभिन्न क्रिम नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । पुरुषका लागि ‘फेसवास’ र ‘मोस्चराइजर’ पनि बजारमा उपलब्ध छन् । कम्पनीका अनुसार पुरुषहरूका लागि विशेषगरी ‘वाइट मोस्चराइजर’ चर्चित छ । यसैगरी कम्पनीले सेभिङ क्रिम पनि नेपाली बजारमा बिक्री गर्दै आएको छ । ‘निभिया’ ले पनि ओठलाई सुरक्षा प्रदान गर्न ‘स्ट्रबेरी’, ‘चेरी’ लगायतको ‘फेभर’ मा ‘लिपबाम’ पनि बजारमा ल्याएको छ । यी उत्पादनको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ । कम्पनीले ‘ट्युब जार’ मा पनि ‘लिपबाम’ उपलब्ध गराउँदै आएको छ, जसको मूल्य १२ सय ७५ रुपैयाँ रहेको छ ।

पामाकेयर

अर्को भारतीय कम्पनी ‘पामाकेयर’ ले विभिन्न ‘क्लिन्जिङ मिल्क’, ‘मोस्चराइजर बडी लोसन’ लगायतका उत्पादन नेपाली बजारमा बिक्री गर्दै आएको छ । ‘पामाकेयर हनी’ र ‘आलमन्ड बडी लोसन’ ले शरीरमा सकारात्मक प्रभाव पार्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ‘पेट्रोलियम जेल’ छालाका लागि उपयुक्त छ । भिटामिन ‘ई’ युक्त यसको मूल्य नेपाली बजारमा १ सय २८ रुपैयाँ रहेको छ । ‘एलोभेरा’, २ सय मिलिलिटरको जेलको मूल्य दुई सय, ‘डिप क्लिन्जिङ मिल्क’ को मूल्य २१६ रुपैयाँ तोकिएको छ । कम्पनीको ‘बडी लोसन’ को ‘मोस्चराइजर’ को मूल्य १७६ रुपैयाँ रहेको छ । कम्पनीको जाडो लक्षित ‘आलमन्ड’ र ‘हर्बल लिपबाम’ पनि नेपाली बजारमा पाउन सकिन्छ ।

युनिलिभर

छालालाई सुरक्षित राख्न ‘युनिलिभर ब्रान्ड’ का ‘मोस्चराइजर’ पनि बजारमा उपलब्ध छन् । ४ सय मिलिलिटरको ‘डिप मोस्चराइजर क्रिम’ को मूल्य चार सय रुपैयाँ पर्छ । त्यस्तै, ‘एन्टिएजिङ भ्यासलिन’ कम्पनीको जाडो लक्षित अर्को क्रिम हो । कम्पनीका यी उत्पादनहरू अनलाइनमार्फत पनि खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्