तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ



तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बिहिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीबाट अन्दाजी ३० वर्षीय नन्द बहादुर खड्कालाई शंका लागी शरीर खानतलासी गर्दा उनको साथबाट २५० मिलिग्राम ब्राउन सुगर फेला परेको हाे ।

उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, बुधबार साँझ पौन ६ बजे तुलसीपुर उपमहानगरपालिका–१७ बन्कट्टीमा शंका लागेका हेमन्तपुर–१८ निवासी अन्दाजी २९ वर्षीय शंकर बस्नेतलाई चेकजाँच गर्दा उनको साथबाट ४५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सूर्य राानाका अनुसार प्रहरीले दुवैजनामाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्