
दाङको जलजला दाङस्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल हुनुभएको छ । अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ।
उहाको लगनशीलता, दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ।
“उमेर होइन, जिम्मेवारी र दृष्टिको महत्व हुन्छ। गाउँका बालबालिकालाई गुणस्तरयुक्त शिक्षा उपलब्ध गराउनु नै मेरो पहिलो लक्ष्य हो।”रक्षाकुमारी भन्नुहुुन्छ ।
प्रधानाध्यापकका रूपमा उहाले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भएको छ ।
गाउँमा एक युवा महिलाले यसरी नेतृत्व सम्हाल्नु स्वयंमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
अभिभावक तथा स्थानीयवासीहरूका अनुसार सामुदायिक विद्यालयमा युवा नेतृत्व बढ्दै जाँदा शिक्षा क्षेत्रमा नयाँ ऊर्जा, नयाँ सोच र सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

