जहाँ काकाकुल त्यहा ” मनाेज”



गाेकर्ण पाैडेल

 

तुलसीपुर क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै आएको छ । घर-घरमा स्वच्छ पानी पु¥याउने अभावका कारण नागरिकले दैनिक दुःख भोग्नुपरेको छ । युवावयमै सामाजिक क्षेत्रमा क्रियाशील मनोजले खानेपानी समस्या समाधानका लागि आफ्नो जीवन समर्पण गरेका छन् । सामाजिक शास्त्रमा स्नातक गरेका मनोज करिब एक दशकअघि खानेपानी संस्थामा सदस्यका रूपमा प्रवेश गरे ।

तुलसीपुरको खानेपानी समस्या समाधानका लागि बबई नदीबाट पानी लिफ्ट गर्ने योजना अघि सारिएको थियो । मनोजकै प्रयासमा सहलगानी आयोजना सुरु गरियो । सुरुवात् पछि उनी खानेपानीको नेतृत्वमा आउन सकेनन् । तुलसीपुरसँगै सुरु गरिएको घोराही खानेपानी अन्तिम चरणमा पुगेको छ भने बेलझुण्डीमा खानेपानी घर-घरमा पुगिसकेको छ । तुलसीपुरमा भने अझै ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । समस्या भनेको नेतृत्वको इच्छाशक्ति र समन्वय अभाव नै हो । जहाँ काम, त्यहाँ विवाद भइरहने प्रवृत्तिले गर्दा काम ढिलाइ भएको छ । तर, मनोजले आफूलाई नेतृत्वमा स्थापित गर्दै योजनालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तुलसीपुरको खानेपानी व्यवस्थापन दीर्घकालीन रूपमा सुनिश्चित गर्न राम्री र मूलकोट क्षेत्रका मुहानहरूको संरक्षण अति आवश्यक छ । मनोजको दिगो खानेपानी वितरणको योजना अन्तर्गत ती मुहानहरूको वैज्ञानिक व्यवस्थापन, सरसफाई तथा संरक्षणको पहल गरिँदै छ । यदि स्रोतको नै उचित संरक्षण भएन भने, शहरमा खानेपानी अभाव झन् बढ्नेछ ।

मनोजको साेंच केबल पानी ल्याउने मात्र नभएर यसको निरन्तर आपूर्ति सुनिश्चित गर्नु पनि हो । उनले विभिन्न प्राविधिक सुझावसहित मुहान क्षेत्रको संरक्षणलाई आफ्नो प्राथमिकतामा राखेका छन् । यदि यी मुहान सुरक्षित राख्न सकियो भने तुलसीपुरको पानी समस्या धेरै हदसम्म समाधान हुन सक्छ ।

पाइप लाइन विस्तारका क्रममा बजार क्षेत्रमा जताततै असुरक्षित पाइपहरू यत्रतत्र रहने । खाल्डाखुल्डीले बाटो बिग्रिएको छ । अस्थायी पाइप जडानका कारण पानी चुहावट हुने, दूषित हुने समस्या व्यापक छ । मनोजले खानेपानी पाइपलाइन व्यवस्थित रूपमा मर्मत गर्नुपर्ने आवश्यकता औंल्याएका छन् र उनले अबको केही महिनाभित्र सबै जीर्ण पाइपहरू प्रतिस्थापन गरी नयाँ प्रविधियुक्त पाइप जडान गर्ने प्रस्ताव अघि सारेका छन् ।

मनोजको सोंचमा जहाँ समस्या, त्यहाँ समाधान भन्ने नीति छ । खानेपानी व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि उनले प्रविधि प्रयोग गर्दै उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्ने योजना बनाएका छन् । उनले प्रत्येक घरमा पानी वितरणको सुचारु व्यवस्था गर्दै, उपभोक्ताहरूलाई कम्तीमा महिनामा १० युनिट निःशुल्क पानी पुर्याउने लक्ष्य लिएका छन् ।

मनोज समाज परिवर्तनका लागि अघि बढेका युवा हुन् । कोभिड महामारीका बेला उनले समाजसेवामा अग्रसर हुँदै भोकै रहेका परिवारलाई खाद्यान्न उपलब्ध गराए । साथै, रोजगारी गुमाएका युवाहरूलाई पुनः श्रम बजारमा ल्याउन उनले विभिन्न अभियान चलाए । उनले खानेपानी संस्थाको सचिव हुँदा प्रविधिको विकास गरे, अनलाइन बिल भुक्तानी प्रणाली लागू गरे, साथै वितरण प्रणालीलाई डिजिटल प्रणालीमार्फत अनुगमन गर्ने प्रक्रिया सुरु गरे ।

मनोज अब उपभोक्ताको घरदैलोमा पुगेका छन् । उनी मात्र व्यक्तिगत रूपमा अघि बढ्न चाहँदैनन् उनी नेतृत्व परिवर्तन गर्न, व्यवस्थापन सुधार गर्न चाहन्छन् । स्थानीय तह र नागरिकहरूको सहकार्यमा उनी तुलसीपुरको खानेपानी समस्या समाधान गर्ने संकल्प लिएका छन् । स्थानीय, प्रदेश र संघ सरकारको नेतृत्व मनोजप्रति सकारात्मक अर्थात् एउटै विचारले प्रतिनिधित्व गरेको छ । खानेपानीको अधिकारलाई संविधानले तीनै तहका सरकारको साझा सूचीमा समावेश गरेको छ । मनोज समन्वकारी भूमिकासमेत महत्वपूर्ण छ । विवादकै कारण खानेपानी योजनाका संरचनाहरू प्रयोगविहिन त हुँदैनन्, फेरि जनताको लाखौ रूपैयाँ त डुब्दैन त्यही विवादलाई समाधान गर्न समन्वकारी भूमिको अभाव छ, त्यही भूमिको नेतृत्वमा आउँदैछन् मनोज । मनोजलाई उपभोक्ताको साथको खाँचो छ ।

खानेपानी प्रत्येक नागरिकको मौलिक हक हो । यो अधिकारलाई व्यवहारमा लागू गराउन सक्षम नेतृत्वको खाँचो छ । मनोजले आफ्नो तर्फबाट नेतृत्व लिँदै तुलसीपुरलाई काकाकुल अवस्थाबाट मुक्त गराउने सपना देखेका छन् । मनोज भन्छन् समस्या समाधान गर्न पहल गर्ने मान्छे चाहिन्छ, नीति परिवर्तन गर्ने आँट चाहिन्छ । स्वच्छ खानेपानी वितरण मेरो मात्र चाहना होइन, सम्पूर्ण नागरिकको हक हो ।

तुलसीपुरको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजना, समन्वय र पारदर्शी व्यवस्थापनको खाँचो छ । मनोजको प्रयासले

तुलसीपुरका नागरिकलाई खानेपानी अभावबाट मुक्त गर्नेछ भन्ने कुरामा दुईमत छैन । खानेपानीको प्रभावकारी वितरण, मुहान संरक्षण, र पाइपलाइन मर्मतलाई प्राथमिकतामा राख्दै, मनोज समाजलाई परिवर्तन गर्न कटिबद्ध छन् । अब नेतृत्व परिवर्तन गर्ने कि समस्याकै गर्तमा रहने भन्ने निर्णय नागरिककै हातमा छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्