टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री ओली



 

दाङका स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल,संघीय सांसदहरु दिपक गिरी र मेनका पोखरेलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले टरीगाउँ विमानस्थलको स्तरोन्नतीका साथै लमही-घोराही-तुल्सीपुर चारलेन सडक निर्माण,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जग्गा प्राप्ति र एम विवि एस स्वीकृत कक्षा सञ्चालन, बबई करिडोर निर्माण, दाङ देउखुरी उपत्यकामा रिङ रोड मेट्रो बस सञ्चालन र सुकौराकोट दंगीशरण राजा दरबारमा थारु संस्कृति केन्द्र निमार्णकका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले टरीगाउँ विमानस्थलको स्तरोन्नतीका लागि सरकार गम्भीर भएको बताउनुभयाे । टरीगाउँ विमानस्थलाई कर्णाली र सुदुरपश्चिम प्रदेशको हवाई उडानको केन्द्र बनाइने बताउनुभयाे। ´टरीगाउँ विमानस्थ मौसमका हिसाबले पनि उपयुत्त छ ।` प्रधानमन्त्री ओलीले भन्नुभ,याे´नेपालगन्ज,सुर्खेत र धनगढी उडेका विमान आकस्मिक अवतरण गर्नुपर्दा टरीगाउँ अवतरण गर्न मिल्नेगरी विस्तार गरिन्छ ।` प्रधानमन्त्री ओलीले लमहि-घोराही-तुलसीपुर चारलेन सडक निमार्णाकालागि टेण्डर गर्ने तयारी थालिएको समेत जानकारी दिनुभयो ।

सात दशक अघि नै विमान बसेको टरिगाउँ विमानस्थलमा पछिल्लो दुई महिना यता विमान नै आउन छोडेको छ । विमानस्थलका विषयमा पटक पटक आवाज उठेपनि भौगोलिकरुपमा नेतृत्व विभाजन हुँदै गर्दा धावनमार्ग बिस्तारमा ढिलाई हुँदै आएको छ । संघीय सरकारले धावनमार्ग विस्तारका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएपनि कार्यान्वयनमा आएको छैन ।

तुलसीपुर उपमानगरको संयोजनमा आएको प्रतिनिधि मण्डलमा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराहीकी उपप्रमुख हुमा डीसी,बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री,दंगिशरणका गाउँपालिका प्रमुख शम्भु गिरी सहित उद्योगी र व्यवसायीको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्