
मानव बेचबिखनसम्बन्धी पाँचवटा मुद्दा लागेका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका– १ का ४१ वर्षीय कमलकुमार न्यौपाने रहेका छन् ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाल–भारत सिमानाबाट पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका न्यौपानेविरूद्ध मानव बेचबिखनका पाँच वटा मुद्दा रहेको र ८ जना पीडित रहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
उनले विदेश पठाइदिन्छु भनेर मानिसहरूसँग मोटो रकम लिएर भारत पुर्याउने गरेको पाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

