खाजा खर्च कटाएर बिधार्थिद्दारा मानव सेवा आश्रमलाई सहयाेग 



तुलसीपुर -६ रजाैरा दाङमा अवस्थित हिमाल एकाडेमी व्यवस्थापन सङ्काय कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नाे खाजा खर्च कटाएर मानव सेवा आश्रमलाई सहयाेग गरेका छन् ।

तुलसीपुरमा अवस्थित मानव सेवा आश्रममा रहेका  आश्रितहरुलाई सहयाेग गरेका हुन। विद्यार्थीहरुले जाडाेकाे समयमा ओढ्नका लागि कम्बल सहयाेग गरेका हुन् ।

आश्रमका व्यवस्थापक हृदेश जाेशीले संस्कार हराउदै गइरहेकाे हाम्रो समाजमा विद्यार्थीमा सहयाेगि भावनाकाे  विकास भएकाेमा विद्यार्थीकाे प्रशंसा गर्नुभएको थियाे।

वेला वेला यस्ता अवलाेकनहरुले विद्यार्थीमा सकारात्मक भावनाकाे साथसाथै संस्कार ,सभ्यता र मानवताकाे विकास गराउने उदेश्यले मानव सेवा आश्रमकाे अवलोकन गराएको  शिक्षक बासुदेव आचार्यले बताउनुभयो ।

कार्यक्रमकाे सहजिकरण मानवसेवा आश्रम तुलसीपुर शाखा प्रमुख विरु जाेशीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्