दाङको टरिगाउँ विमानस्थल स्तरोन्तीका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न एक करोड बजेट बिनियोजन भएको छ ।
विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एक करोडको बजेट विनियोजन गरेको हाे ।
मन्त्रालयका अनुसार टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्न ५ अर्ब लागत अनुमान गरिएपनि १ अर्ब रकम आवश्यक पर्ने देखिएको छ ।
मन्त्रालयले जग्गा अधिग्रहणका लागि अब ९९ करोडको रकम सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।
तुलसीपुर-१२ मा रहेको टरिगाउँ विमानस्थल लामो समयदेखि स्तरोन्नतीको पर्खाइमा छ । विस २०११ सालदेखि संचालनमा आएको विमानस्थल स्तरोन्नती नहुँदा विमान सेवा नियमित हुन सकेको छैन् ।
प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार