बढ्दो सवारी दुर्घटना न्यूनिकरणका बिषयमा साक्षात्कार



लुुम्विनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायहरु संवेदनशील र जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले  आयोजना गरेको बढ्दो सवारी दुर्घटना न्यूनिकरणमा हाम्रो चाहो विषयक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनु भएको हाे ।

ट्राफिक व्यवस्थापनमा सहजताका लागि नेपालमा अझै पनि करिब ७ हजार कर्मजारी थप्नुपर्ने छ, तर त्यो काम पुरा हुन सकेको छैन । कर्मचारी थप गर्नको लागि लम्बिनी प्रदेश सरकारबाट पहल भइरहेको उहाँले बताउनुभयो ।

अहिले पनि नेपालमा १५ प्रतिशत  विद्यालयमा पढ्ने बालबालिकाको मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ ।त्यसको लागि विद्यालयस्तरबाटै बालबालिकाहरुलाई सचेत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफुहरुको सुरक्षा रणनिति तयार गर्ने काम भएको भन्दै विपद् जोखिम अन्तर्गत सडक सुरक्षा पनि भएको बताउनुभयाे । लम्सालले जिर्ण सडकको मर्मत र सडकमा पहिरो हटाउने लगायत विकास व्यवस्थापनमा सहजिकरण गरि रहेको बताउनुभयाे ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सचेतनाको कार्यक्रमहरु गर्दै आएकाे भन्दै यो वर्ष मात्रै पालिकाले ४२ वटा सचेतनाका होर्डिङ बोर्ड विभिन्न ठाउँमा राखेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीले चालु वर्षको ६ महिनामा ४५ जनाको मृत्यु र १०४ वटा सवारी दुर्घटनाको तथ्यांक प्रस्तुत गर्दै सवारी दुर्घटनाको समस्यामा सुधार ल्याउन थप प्रयास आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मी, पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी ,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी, नेपाल पत्रकार महासघ दाङका निबर्तमान अध्यक्ष दुर्गालाल केसी, रासस प्रमुख नारायणी रजाैरे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष केशव राज भण्डारीले सडक दुर्घटना बढ्नु सडक बिभागकाे भुमिकामा कमजोरीपना देखिएको बताएका थिए । संगसंगै स्थानिय निकायकाे भुमिका पनि हुनुपर्ने बताए । ट्रााफिक नियमकाे पालना, समग्रमा हरेक निकायकाे चासाे हुनुपर्ने , बेलाबेलामा छलफल, बहस गर्नुपर्ने बताए ।

सो अवसरमा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा पत्रकारहरुलाई सम्मान समेत गरेको छ ।

क्लवले त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले स्थापना गरेको बालकृष्ण–जितेन्द्र उत्कृष्ट पत्रकारी पुरस्कार बाट पत्रकार जितसागर जि.ए.म र समाजसेवि प्रमोद लामिछानेले स्थापना गरेको पुरस्कार उत्कृष्ट दुर्गा–मोता लामिछाने पत्रकारीता पुरस्कारबाट पत्रकार यमकला भुसाल र उमा भण्डारीलाई पुरस्कृत गरेको हाे ।

त्यस्तै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ज्ञानज्योति फाउण्डेसनका सिइयो सुरेन्द्र जिसीलाई सम्मान गरिएको थियो ।

जिल्ला प्रसासन कार्यालय दाङ,जिल्ला प्रहरी कार्यालय दाङ,यातायात ब्यवस्था कार्यालय तुलसीपुर,ईलाका प्रहरी कार्यालय जिल्ला ट्राफिक कार्यालय दाङ,तुलसीपुर,तुलसीपुर उद्योग बाणिज्य संघ ,त्रिसिद्देस्वरी राप्ती यातायात प्राली,ज्ञान ज्योति फाउन्डेसन तुलसीपुरको सहकार्यमा कार्यक्रम भएको हो ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण महासचिव बिमल गौतमले गर्नुभएकाे थियाे ।


 

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्