घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरको धर्ना



विद्युत् आपूर्ति बन्द भएपछि बन्द रहेका घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरले आज आइतबार नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रमा धर्ना दिएका छन्।

‘मजदुरको रोजगारी ग्यारेन्टी गर, बन्द उद्योग खुला गर’ भन्ने नारासहित उनीहरूले प्रदर्शन गरेका हुन्।

प्राधिकरणले घोराही सिमेन्ट उद्योगको ५० करोड ८५ लाख र सोनापुर सिमेन्ट उद्योगको २४ करोड ३० लाख रुपैयाँ बक्यौता रहेकाले क्रमशः कात्तिक ४ र ७ गते विद्युत् लाइन काटेको थियो।

उद्योग बन्द भएपछि घोराही सिमेन्टका ६ सय र सोनापुर सिमेन्टका ३ सय ५० मजदुर रोजगारीविहीन भएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्