उच्च शिक्षा हासिल गरेका युवा राजनीतिमा आउन जरुरी छ:काेमल वली



नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले उच्च शिक्षा हासिल गरेका युवा राजनीतिमा आउन जरुरी रहेकाे बताउनुभएको छ । पढेलेखेका युवा बिदेश पलायन हाेइन हरेक तहकाे नतृत्व गर्नुपर्ने बताउनुभयाे । शिक्षित युवा नेतृत्व पंक्तिमा  नआउँदा सम्म राजनीति भित्रको बिकृति अन्त्य नहुने बताउनु भएको छ।

आज बुधबार तुलसीपुरको ज्ञानज्योति उच्च माविको नमुना संसदको अभ्यास कार्यक्रम लाइ सम्बोधन गर्दै वलीले राजनीति सबै नीतिहरुको उत्कृष्ट नीति रहेको भन्दै त्यो नीति सुधार्न पढेलेखेका युवाहरु आएमात्र संभव हुने बताउनुभयाे । प्रमुख अतिथि समेत रहनुभएकि वलीले देशलाई युवामैत्री बनाउन, स्वराेजगार बनाउन, देश परिवर्तन गर्न युवा नेतृत्व तहमा आउन जरुरी रहेकाे बताउनुभयाे ।

उहाले छोरी कुनैपनि कुरामा पछि हट्न नहुने भन्दै छोरीको सफलता नै समाजको प्रगतिको कारक हुने तर्क गर्नुभयाे ।

ज्ञानज्योति फाउन्डेसनका सिइयो सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक सन्तोष केसीले गर्नुभएकाे  थियाे।

नमुना संसद २०८० मा सहभागि विद्यार्थीले संसदीय अभ्यास संचालन गर्दैै संसद भित्र हुने गतिबिधिका बारेमा प्रस्तुतीहरु राखेका थिए । राष्ट्रिय युवा कार्यक्रम अन्तरगत कक्षा ११ र १२ का बिधार्थिहरुलाई संंसदिय अभ्यास कार्यक्रम संचालन भएको हाे ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्