ज्ञान ज्याेतिका बिधार्थि बिच लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता



 

लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता ज्ञान ज्योति मावि तुलसीपुरमा सम्पन्न भएको छ ।

आन्तरिक पर्यटन प्रवर्दन गर्ने उदेश्यका साथ पर्यटन सचेतनाका लागि आज शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ७,८,९ र १० का गरि ९ जना विद्यार्थीहरु प्रतियाेगितामा भाग    लिएका थिए ।

प्रतियोगितामा कक्षा ७ की एन्जल गिरी प्रथम, कक्षा ७ कै श्रृष्टी महन्त, द्धितिय र कक्षा १० की छात्रा समिक्षा चन्द तृतिय स्थान हासिल गरेका हुन । उनीहरुलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको निर्णायकमा  शिक्षक भिमलाल मरासेनी, रिता जिसी र कमला खत्री रहनुभएकाे  थियोे ।

ज्ञान ज्याेती मा.वि. संयाेजक प्रमोद सुवेदीको अध्यक्षता तथा  जिटिटिपिका संयाेजक  मदन कुमार बरालको प्रमुख आतिथ्यतामा     प्रतियाेगिता  कार्यक्रम सम्पन्न  भएको   हाे ।

शिक्षक राकेश डि. सि. काे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे शहजिकरण शिक्षक अनन्त शर्माले गर्नुभएको थियाे ।

टुरिजम रिसर्च ट्रेनिङ ईन्स्टिच्युट प्रालिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्