पिएम कपमा आर्मी ६ विकेटले विजयी



विभागीय टाेली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ।

दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले दिएकाे ११७ रनकाे मध्यम लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पूरा गर्याे ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा आर्मीका तृतराज दासले ६८ बलमा ३ चाैकासहित ३७ रन जाेडे ।
बसिर अहमद ३८ बलमा ३ चाैका र १ छक्कासहित ३२ रनमा अविजित रहे ।

ईमरान सेखले १६ बलमा १ चाैकासहित १२ रन जाेड्दा भीम सार्कि १५ बलमा १ चाैकासहित १४ जाेडेर आउट भए ।
साेमपाल कामीले २१ बलकाे सामना गर्दै १० रनमा अविजित रहे ।
गण्डकीका चन्द्र पाैडेलले ६ अाेभरमा २३ रन दिएर १ विकेट लिए । विपिन खत्रीले ४ अाेभरमा २० रन दिएर १ विकेट लिँदा सुवास भण्डारीले ७ दशमलव ५ अाेभरमा १ विकेट लिए। सुदीप अर्यालले ४ अाेभरमा २२ रन दिएर १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे गण्डकी पदेशले ३० दशमलव ३ अाेभरमा सबै विकेट गुमाउँदै ११६ रन जाेडेकाे थियाे । गण्डकीका लागि अाेपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए। उनले ४९ बल खेल्दै ४ चाैकाकाे मद्दतमा ३३ रन जाेड्दै साहब अालमकाे बलमा बाेल्ड अाउट भए ।
पहिलाे विकेटका लागि १२ दशमलव ३ अाेभरमा ४६ रनकाे साझेदारी गरेका अर्जुन र समीर कँडेलकाे विकेट पतनपछि गण्डकीका अरुका खेलाडी सस्तैमा समेटिए ।

समीर ८ रन जाेडेर साहब अालमकाे बलमा पहिलाे विकेटका रुपमा अाउट भएपछि गण्डकीका अरु खेलाडीले पारी सम्हाल्न संघर्ष गर्नु पर्याे ।

दीपक डुम्रे १९ रनमा, कमल परियार १७ रनमा, कप्तान विपिन खत्री १५ रनमा अाउट भए । अरु खेलाडीले दाेहाेराे रन जाेड्न सकेनन् ।
अार्मीका साहब अालमले एक्लै पाँच विकेट चट्काए । उनले १० अाेभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए ।

कुशल मल्लले १० अाेभरमा १ मेडनसहित २४ रन दिएर २ विकेट लिँदा नरेन साउदले ३ बल फाल्दै १ रन दिएर २ विकेट लिए ।
आर्मीलाई जीत दिलाउन महत्त्वपूर्ण पाँच विकेट लिएका साहब आलम प्लेयर अफ द म्याच भए ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टीम बीच खेल भईरहेकाे छ ।

अहिलेसम्म ७ खेल खेलीसकेको आर्मी ६ मा जीत र १ मा हार व्यहाेर्दै १२ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा समान ६ खेल खेलीसकेको गण्डकी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशाैँ स्थान अर्थात पुछारमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्