दहको बराह देवता अब मोैलाकोटमा



No description available.

दाङको घोराही उपमहानगरपालिका वडा नं.१३ बाह्रकुने दह स्थित बराहदेवताको आज विशेष पुजा आजा सहित मौलाकोटाको थानमा सारीएको छ । हरेक २ बर्षको एक पटक बर्षा शुरु भए लगतै बाह्रकुने दह थानबाट बराह देवतालाई घोराही उपमहानगरपालिका १३ मौलाकोटमा रहेको बराहथानमा लगिएको हो ।

बराह पुजारी विष्णु प्रसाद घर्तीका अनुसार आज अर्थात जेठासी पुर्णिमाको दिन बराहलाई विशेष पुजा सहित मौलाकोटमा लगिने र हिउद शुरु भए लगतै असोजको पाँचपुन्निमा बाहु्रकुने दहको थानमा सार्ने परम्परा रहकोले उक्त पुजा गरिएको हो । बराहलाई कुल देवता मान्नेहरुले आजबाट नै कुल पुजा गर्ने चलन रहेको छ । कन्ने पुजारीले विशेष पुजा गरी पन्चवली भेडा, राँगा, सूंगुर भाले र बोकाको विभिन्न देवतालाई बली दिने चलन रहदै आएको छ । कन्य पुजारीले तातो तेलमा खाली हातले देवताको लागि रोटी बनाउने र उक्त रोटी बनाउदा पुजारीलाई कुनै पनि शारीरिक अप्ठ्रयारो नहुने दैवि शक्ति रहेको मन्यता रहेको छ । पुजारी घर्तीका का अनुशार बाह्रकुने दहमा रहदै आउनुभएका कान्छा बराहको विशेष पुजा गरी कोट सारीएको हो ।

No description available.
विशेष पुजाआराधनामा १३ वडाका अध्यक्ष डुल्लुराम पोख्रेल सहित जनप्रतिनिधिहरु, वडाबासी लगाएत छिमेकी वडाबाट समेत सयौंको संख्यामा भक्तजनको उपस्थित रहेको थियो । बराहक्षेत्र संरक्षण सम्बद्र्धन तथा धार्मिक समितिका अध्यक्ष देव बहादुर घर्तीले भरी पुजा अर्थात जेठासी पुर्णिमा सम्पन्न गर्न सहयोग गर्नुहुने पुजारी, भक्तजन, समितिका आजीवन सदस्य, सल्लाहाकार, पुर्व पदाधिकारी, टोलबासी सबैमा धन्यावद व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्