
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८ औँ महाधिवेशन लुम्बिनीमा हुने भएको छ। यही चैत २९ र ३० गते लुम्बिनीमा महाधिवेशन हुने तय भएको फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयाे ।
यही चैत ८ गते बुटवलमा बसेको फोनिजको बैठकले व्यवस्थापन उप समिति गठन गरी महाधिवेशनको तयारी अगाडि बढाइएको उहाँले बताउनुभयो । यसअघि गठित विभिन्न उपसमितिले पनि तयारी तीब्र पारेका छन् ।
यसअघि फोनिजको महाधिवेसन चैत्र १५, १६ र १७ गते गर्ने निर्णय भएकोमा माध्यमिक शिक्षा परीक्षा(एसएइई)लगायत कारण सारिएको महासचिव बलामीले बताउनुभयाे ।आदिवासी जनजाति पत्रकारहरूको साझा संगठन फोनिजको जिल्ला र प्रदेश महाधिवेसनहरू करिब सकिएको छ।
फोनिजका जिल्ला, प्रदेश र प्रवास समितिहरू रहेका छन्। यो संगठनले आदिवासी जनजाति पत्रकारहरूलाई संगठित गर्दै आएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार

