दाङको बंगलाचुली गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । फागुन १ गते भोली जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।
भोली बंगलाचुली गाउँकार्यपालिकाको कार्यालय र अन्तरगतका सवै सरकारी कार्यालयहरु एवं शिक्षण संस्थाहरु बन्द हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य द्धारा हस्ताक्षरीत सूचनामा उल्लेख गरीएको छ ।
माघ २९ गते बसेको गाँउ कार्यपालिकाको बैठकको निर्णय अनुसार भोली फागुन १ गते सार्वजनिक विदा दिइएको प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार