भोलि तुलसीपुर लगाएत पश्चिम क्षेत्रमा ७ घण्टा विद्युत अवरुद्ध हुने



तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न क्षेत्रमा भोलि असोज ४ गते विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, तुलसीपुर वितरण केन्द्रका अनुसार तुलसीपुर उप–महानगरपालिका सम्पूर्ण स्थानहरू तथा दंगीसरण, बबई र शान्तिनगर गाउँपालिकाका आंशिक क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

वितरण केन्द्रका अनुसार ३३ के.भी. लाइन वरिपरि रहेका रुखका हाँगा, विगा तथा रुख काट्नुपर्ने र सबस्टेशन मर्मत गर्ने कार्य भइरहेकोले विद्युत आपूर्ति अवरुद्ध गर्नुपर्ने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले यस अवधिमा आवश्यक काम अघि–पछाडि मिलाउन उपभोक्ताहरुलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्