राजाकोट हाइकिंङ्–२०८२
“इतिहास, प्रकृति र स्वास्थ्य संगमको यात्रा,
पर्यटकीय गन्तव्यको लागि राजाकोट यात्रा–२०८२”
यहि मिति २०८२ साल कार्तिक १ गते आयोजना गरिएको राजाकोट यात्रा केवल रमाइलो हिँडाइ मात्र नभई स्वास्थ्य, वातावरण, सामाजिक एकता र राजाकोट र समग्र स्थानीय पहिचानको महत्वपूर्ण सन्देश बोकेको एक अभियान हो ।
(क) यात्राको मुख्य उदेश्य:
– राजाकोटको इतिहास र महत्त्व फैलाउदै राजाकोट र वरपरका क्षेत्रमा पर्यटनको सम्भावना उजागर र पर्यटन विकासमा टेवा पुर्याउने।
–सुन्दर पदमार्ग निर्माणगरि दीर्घकालीन पर्यटन गन्तव्य बनाउने।
–स्थानीय होमस्टे र व्यवसायमार्फत आय स्रोत बढाउने।
–इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्य प्रवर्द्वन गर्ने।
–स्वास्थ्य र वातावरणीय सचेतना फैलाउने।
–समग्र आफ्नो गाँउठाँउको प्रचार प्रसार गर्ने।
(ख) भूमिका र जिम्मेवारी:
१.समन्वय र व्यवस्थापन:
–श्री डम्बर खत्री –वडा अध्यक्ष, दंगीशरण गा.पा.–२ कौवाघारी दाङ
–श्री रमेश भण्डारी –वडा अध्यक्ष, दंगीशरण गा.पा.–१ रामपुर दाङ
–श्री मेघनाथ शाह –अध्यक्ष, राजाकोट सामुदायिक वन उपभोक्ता समुह
२.मार्ग निर्देशन,समय व्यवस्थापन र समापन सत्र:
प्रकाश डाँगी, सि.एम विश्वकर्मा
३.First–Aid व्यवस्थापन:
अनन्त चौधरी, रवि किरण शर्मा
४.सूचना तथा संचार व्यवस्थापन:
जे.एन सागर, देवीराम कुसारी, गणेश आचार्य, अभिषेक डाँगी, चेतन वली, रमेश वि.क
५.खाजा व्यवस्थापन:
मदन गौतम, भुवन घर्ति, विशान्त केसी, अनन्त शर्मा
६.प्रचारप्रसार र पदमार्ग संकेत व्यवस्थापन: दोर्ण वि.क., रुद्रमणि रिजाल, गणेश खड्का, उदय परियार, जीवन बस्नेत, भरत केसी, कृष्ण चाैधरी, केशव वली, अर्जुन नेपाली, विवेक देवकाेटा, मनोज डाँगी, राज केसी लगायत स्थानीय युवाहरु।
७.पार्किङ तथा फोहोर व्यवस्थापन:
पारस केसी, भुपेश खत्री, ओपेन्द्र चौधरी, मिलन चौधरी , गोविन्द केसी, अर्मण पुन, दिनेश भण्डारी, ठाकुर डाँगी, रमेश बुढाथोकी, बुद्धिराज खत्री, केशव डाँगी, पुस्कर बुढाथोकी लगायत स्थानीय युवाहरु।
८.सुरक्षा व्यवस्थापन:
गोल्टाकुरी प्रहरी चौकी, राजाकोट टावरमा कार्यरत सुरक्षा गार्ड
(ग) कार्यक्रमको दिनको कार्यप्रवाह:
–जमघट स्थलमा नाम, ठेगाना र सम्पर्क विवरण संकलन।
–स्थानिय युवाहरु विहान ६ः३० बजे नै तोकिएको स्थानमा भेला जम्मा हुने।
–सवारी साधन पार्किङ व्यवस्थापन गर्ने।
–समूह विभाजन (प्रत्येकमा १०–१२ जना स्थानिय युवा)।
–५–७ मिनेट अन्तरमा हाइकिङ सुरु।
–बाटोमा विश्राम,खाजा र फोटोसेसन।
–राजाकोटमा सामूहिक छलफल र सांस्कृतिक सन्देश।
– सहभागी सबै सुरक्षित फर्किने ।
–छोटो फीडब्याक संकलन र समीक्षा ।
(घ) फोहोर व्यवस्थापन नीति:
–कुहिने र नकुहिने फोहोर छुट्याउने।
–डढेलो वा आगलागी हुन नदिने।
–आफ्नो फोहोर आफैं बोकेर फर्किने।
(ङ) सहभागीहरुलाई विशेष जानकारी:
–बिहान ७ः०० बजेदेखि यात्रा सुरु हुने भएकाले कम्तीमा १५ मिनेट अगाडि दंगीशरण गा.पा.–२ कलङखोला (देवी भगवती मन्दिर(डाँगीचौर), दाङमा सहभागीहरु उपस्थित हुनुपर्नेछ।
–सबै सहभागीहरुले आरामदायी जुत्ता, हल्का कपडा, पानीको बोतल, टोपी, चस्मा, लट्ठी आदि लिएर आउनुहोला।
–समूहमा हिँड्ने, साथीहरूबाट टाढा नहुने।
–स्थानीय संस्कृति र जनताको सम्मान गर्ने।
–कुनै जोखिम वा समस्या भए आफ्नो टिमहरुलाई जानकारी दिने।
–यात्रामा देखिएका पर्यटकीय सम्भावनाको बारेमा आयोजकलाई सल्लाहसुझावहरु दिनुहोस।
–रुख काट्ने,आगो लगाउने,जनावर तर्साउने, जथाभावि लेख्ने कार्य नगर्ने।
–पानीको मुहान वरपर फोहोर नगरिदिने।
–चर्को आवाज निकाल्ने वा होहल्ला नगर्ने।
–धूम्रपान, मद्यपान र झैझगडा जस्ता व्यवहार नगर्ने।
–राजाकोट टावरमा अनावश्यक कार्यहरु नगर्ने किनकि त्यो अति संवेदनशिल ठाँउपनि हो।
-स्थानीय युवाहरुले तयार गरेकाे खाजामा स्वयंले खर्च गरि युवाहरुलाई प्राेत्साहन गर्ने ।
(च) गोल्टाकुरी स्थानीय युवाहरूको भूमिका:
–यात्रामा सहभागी आगन्तुकलाई जानकारी दिने,मार्गदर्शन गर्ने, गन्तव्यको महत्व बारे बताउने।
–यात्राको क्रममा बाटो देखाउने, सम्भावित जोखिमहरू बारे सतर्क गराउने।
–फोहर संकलन गर्ने, सकारात्मक सन्देश प्रवाह गर्ने।
–गीत, नृत्य वा मौलिक पोशाकमार्फत आफ्नो संस्कृति चिनाउने अवसर बनाउन सकिन्छ।
–कार्यक्रमको फोटो,भिडियो खिच्ने, सामाजिक सञ्जालमा शेयर गर्ने, इतिहास सुनाउने।
–स्वास्थ्यमा समस्या आएमा सहायता पुर्याउने, प्राथमिक उपचार टोलीमा समावेश हुने।
–सहभागी सबैलाई खाजा, पानी लगायतको व्यवस्थापनमा सहयोग र सहजीकरण गर्ने।
–यात्राको क्रममा धुम्रपान, मद्यपान सेवन गरी झै–झगडा नगर्ने, होहल्ला नगर्ने, समुह छोडेर बाहिर नजाने।
–अगुवा वा अग्रजहरुले भनेको कुराहरु सकारात्मक रुपले स्वीकार गर्ने।
–सहभागीहरुको सवारी साधनहरु डाँगीचौरमा पार्किङ व्यवस्थापन गर्ने।
–यात्राको अघिल्लो दिन साँझ सम्म कति जनाको टोली कुन–कुन ठाउँबाट आउँदै हुनुहुन्छ भन्ने कुराको नाम सहितको विवरण तयार गर्ने।
नोटः माथिका यी कुराहरुमा स्थानीय युवा वा सहभागी जो कोहिले पालना नगरी यात्रामा कुनै समस्या उत्पन्न भएमा स्वयम् जिम्मेवारी रहनुपर्नेछ।
निष्कर्ष:
“राजाकोट जाऔं” केवल एक पदयात्रा होइन — यो इतिहास, प्रकृति र स्वास्थ्यको संगममा आधारित सामाजिक अभियान हो । यदि हामी सबैले जिम्मेवारीपूर्वक सहभागी भयौं भने, राजाकोट चाँडै नै दाङकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ ।
अन्त्यमा, यो कुरा चाहि सबैले ख्याल राख्नुहोला की यो अभियानले हाम्रो गोल्टाकुरी र यहाँका युवाको पहिचान झल्काउने छ । अन्य ठाउँको मानिसहरु माझ हाम्रो छवि उत्कृष्ट बन्यो भनेदेखि हाम्रो अनि समग्र गोल्टकुरीको गौरवको विषय बन्नेछ र अन्य ठाउँको लागि गोल्टाकुरीको युवाहरु असल कार्यको लागि उदाहरणीय बन्नेछन् ।
त्यसैले आउनुहोस, सँगसँगै यात्रा गरौ..!🙏🙏🇳🇵🇳🇵
साभार: सिएम विश्वकर्माकाे फेसबुक पेजबाट

