तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटमा रेडियो स्रोता क्लव गठन गरीएको छ । आज मुलकोटमा एक कार्यक्रमको आयोजना गरी स्रोता क्लव गठन गरीएको हो ।
समुदायको कुरा रेडियो मार्फत प्रशारण गर्न रेडियोले स्रोता क्लव गठन गरेको हो । रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलको अध्यक्षता तथा तुलसीपुर–४ का वडा अध्यक्ष तुलसी थापा मगरको प्रमुख आतिथ्यता तथा मुलकोट टोल विकास संस्थाका अध्यक्ष रेखिराम पुनमगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
रेडियोबाट प्रशारण हुने समाचार तथा कार्यक्रमहरूलाई समुदायसामु पुर्याउन र समाजका विविध समस्याहरूलाई रेडियोकोे माध्यमबाट उजागर गर्न स्रोता क्लब गठन गरीएको रेडियोका स्टेशन म्यानेजर पौडेलले बताउनुभयो ।
रेडियो स्रोता क्लवको गठन भएपछि मुलकोटका स्थानीय नागरिकहरूलाई रेडियोका कार्यक्रमहरूको बारेमा सुझाव दिन र आफ्नो बिचार व्यक्त गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको पौडेलको भनाई छ । यस्तै तुलसीपुर–४ का अध्यक्ष थापाले रेडियो सूचनाको सबैभन्दा विश्वाशीलो र सजीलो सञ्चार माध्यम रहेको बताउनुभयो । उहाँले रेडियोले आवाज बिहिनहरुको आवाज रेडियो मार्फत सबै नागरीक माझ बुलन्द गदै आएको बताउनुभयो । स्रोता क्लवले समाजमा भएका समस्यालाई रेडियो मार्फत प्रशारण गर्र्ने र रेडियो कार्यक्रमहरूको गुणस्तर सुधार गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै मुलकोट टोल विकास संस्थाका अध्यक्ष रेखिराम पुनमगरले रेडियो स्रोता क्लबले मुलकोट बासीको समस्या तथा भए गरेका कामहरुका बारेमा जनचेतना फैलाउनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । क्लबले आगामी दिनहरूमा रेडियो कार्यक्रमको माध्यमबाट सामाजिक, सांस्कृतिक, र शैक्षिक तथा नेतृत्व विकास गर्न सहयोग गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा मुलकोट बासीहरुको सहभागिता रहेको थियो । सहजीकरण रेडियो हाम्रो पहुँचका डेस्क रिपोर्टर सरीता चौधरीले गर्नुभएको हो ।
यसैबिच समिक्षा पुनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरीएको छ । जसको उपाध्यक्षमा सुनकुमारी ओली, सचिवमा हिमा घर्ति, सह–सचिवमा कमला ओली र कोषाध्यक्षमा दिपु घर्ति चयन हुनु भएको छ ।
यस्तै सदस्यमा बिना घर्ति, मनमता ओली, मन कुमारी ओली, सिता पुन, निमा घर्ति, कमला राना, नन्दकली घर्ति, समिर पुन, उत्तर कुमार घर्ति, निर्मला पुन, सन्देश पुन, दोर्ण पुन, झरणा पुन, पुर्णिमा पुन र निशा पुन चयन हुनुभएको छ ।