स्वर्गद्वारीबाट फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु



No description available.

प्यूठानको स्वर्गद्वारीबाट फर्किदै गरेको जीप दुर्घटना हुँदा ८  जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई महिला, दुई पुरुष र चार जना बालकको मृत्यु भएको छ ।

दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिनुभयो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ । प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो आज दिउँसो भीरबाट खसेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्